पोखरामा कौडा खालबाट २ लाख सहित ८ जना पक्राउ

पोखरा, ८ कात्तिक / कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ३१ लामास्वाराबाट ८ जनालाई कौडाको खालबाट पक्राउ गरेको हो । कौडा खेलिरहेको सुचनाका आधारमा प्रहरीले २ लाख ९ सय ८० रुपैया सहित ८ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरिक्षक गणेश सुबेदी सादा पोशाकको टोलीले पक्राउ गरेको हो । उनीहरुलाई सार्वजनिक हित, सुरक्षा र नैतिकता विरुद्धको कसुर मुद्धामा म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रवक्ता रविन्द्र गुरुङले जानकारी दिए ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका २७ तालचोक बस्ने ४३ बर्षिय बिनोद पाण्डे, पोखरा ३० का २८ बर्षिय अमर केसी, पोखरा ३१ लामास्वाराका ६१ बर्षिय लोक बहादुर गुरुङ, ३५ बर्षिय रमेश गुरुङ, ३६ बर्षिय सुर्य बहादुर राना, २५ बर्षिय दिपक पुलामी मगर, ५२ बर्षिय बिर बहादुर गुरुङ र ३१ बर्षिय नुर गुरुङ रहेका छन् ।

कमेन्टहरु
Loading...