पोखराको पृथ्वी चोकमा सिलिन्डर बम, सेनाद्वारा निस्क्रिय (भिडियो सहित)

तस्विरः प्रदिप पौडेल

पोखरा, २६ भदौ /पोखराको पृथ्वी चोकस्थित सस्तो बजारमा राखेको सिलिन्डर बम नेपाली सेनाले निस्कृय पारेको छ । सोमबार बिहान आगोनिभाउन प्रयोग हुने फायर बिग्रेडको सिलिन्डमा मोटरसाइकलमा व्याटि जडान गरि सस्तो बजारमा देखिएको थियो ।
सोमबार बिहान साढे ८ बजे नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो । अज्ञात व्यक्तिले सिलिन्डर बम छाडेको र नेपाली सेनाले निस्कृय पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अशोक सिंहले बताए । उनले बम राख्नेको खोजी भइरहेको बताए ।
नेपाल बायुसेवा निगमको जग्गाका भाडामा लिइ सडक व्यापारीले बजार सञ्चालन गर्दै आएका थिए तर केही महिना पहिले अर्को कम्पनीले टेण्डर पारेपछि भत्काएर नयाँ निर्माण गरिरहेका बेला बम भेटिएको हो ।

https://www.youtube.com/watch?v=b29epstQohk&t=19s

कमेन्टहरु
Loading...