पोखरामा एक गोदाम भीषण आगलागी

पोखरा, २० भदौ / पोखराको सिद्धार्थचोक नजिकैको एक काखानामा आगलागी भएको छ । चोक नजिकै रहेको

कवाडीखानामा मंगलबार राती लागेको आगो तीन घण्टाको प्रयास पछि निभाएको छ । स्थानीय, प्रहरी र

दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीको कारण १५ लाख हाराहारीमा क्षति भएको अनुमान कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान

गुरुङले जानकारी दिए । गोदाममा दुईजना बस्ने गरेपनि खाना खान निस्किएको बेला आगो लागेको पीडितले

जनाएको छ । विगत केही दिनदेखि पोखरामा आगलागीको घटना बढिरहेको छ । केही

महिना अगाडी सोही क्षेत्रको एक मिनिमार्केट पनि आगोलागी हुदाँ लाखौको क्षेती भएको थियो ।

कमेन्टहरु
Loading...