पोखरामा जुवा तास खेल्ने ५ जना पक्राउ

पोखरा, १३ असोज/पोखरालेखनाथ महानगरपालीका वडा नम्बर ३० पाबरहाउस स्थित जित बहादुर केसिको घरमाजुवा तास खेल्दै गरेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट गएको टोलीले नगद ७१ हजार ५५ रुपैया सहित, ४ बुक तास र ५ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा पोखरालेखनाथ महानगरपालिका ३० पाबरहाउसका घरबेटी जित बहादुर केसि, मिन बहादुर केसि, गणेश केसि, दामोदर लामिछाने र राजेन्द्र प्रसाद तिबारी रहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...