पोखरामा जुवा खेल्दै गर्दा ६ लाख सहित ११ जना पक्राउ (को को सहित)

पोखरा, १६ कात्तिक / कास्की प्रहरीले पोखरा महानगरपालिका बडा नम्बर ९ नयाँबजार घरमा जुवातास खेल्दै गर्दा ११ जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदाम कास्कीका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले तास ११ जनालाई करिब ६ लाख सहित पक्राउ गरेको हो । ताल खेलिरहेका बेला २ बुक तास, र नगद ५ लाख ९७ हजार ३ सय ६० रुपैया सहित प्रहरीले पक्राउ गरेको छ ।

प्रक्राउ पर्नेमा बारा गढिमाई उपमहानगरपाकिला बारा घर भई हाल पोखरा ९ नयाँबजार बस्ने ३० बर्षिय सुनिल प्रसाद, भारत मोतिहारी जिल्ला स्थायी घर भई पोखरा ९ नयाँबजार बस्ने ४२ बर्षिय राजु प्रसाद जैसवाल, २८ बर्षिय अमरेन्द्र कुमार, २५ बर्षिय लव कुश कुमार, रम्भु प्रसाद, धमेन्द्र प्रसाद, पप्पु जैसवाल, रामा प्रसाद जैसवाल, अबध किसोर प्रसाद, धुर्व कुमार र  शिवनाथ पण्डित रहेका छन् ।

कमेन्टहरु
Loading...