पोखराबाट १९ जना जुवाडे पक्राउ

पोखरा, २१ साउन / पोखराको दुई ठाउँबाट प्रहरीले १९ जना जुवाडे पक्राउ गरेको छ । पोखरा ११ फुलबारी र पोखरा २५ हेम्जाबाट प्रहरीले १९ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १ लाख ९ हजार २ सय ५० रुपैया र ९ बुक तास बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

फुलबारीबाट ४ जना र हेम्जबाट १५ जना पक्राउ परेको कास्की प्रहरीले जनाएको छ । उनीहरुलाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

फुलबारीमा डेरा गरी बस्ने म्याग्दी घर भएकी ४४ वर्षीया आशा तिलिजाको डेरामा जुवातास खेलिरहेका अवस्थामा तिलिजासहित चारजना पक्राउ परेका हुन् । उनीहरुको साथबाट ६७ हजार ४ सय ७५ रुपैयाँ र ३ बुक तास बरामद भएको छ ।

यस्तै हेम्जाबाट पक्राउ पर्नेको साथबाट ४१ हजार ७ सय ७५ रुपैयाँ र ६ बुक तास बरामद भएको छ । उनीहरु सोम बहादुर छम्त्यालको कोठामा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

कमेन्टहरु
Loading...