Ganthan News Pokhara
All news from Pokhara & around

पोखरामा जग्गाको बिषयमा विवाद हुँदा दुईजनाको कुटाइबाट एक ब्याक्ति घाइते

कुटपिट
0

पोखरा , २६ माघ/जग्गाको बिषयमा विवाद हुँदा पोखरामा एक ब्याक्ति घाइते भएका छन् ।

शनिबार पोखरा महानगरपालिका वडा नम्बर ३३ तिक्लाङमा बाटो बनाउने बिषयमा बसेको बैठक पश्चात बर्ष ३४ का शिब बानियाँ र ३५ बर्षिय पदम खत्रीले सोही स्थान बस्ने बर्ष ५८ का चुडामणि पौडेललाई कुटपिट गर्दा पौडेल घाइते भएको प्रदेश ४ प्रहरी कार्यालयका नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

दुई जनाको कुटाइबाट सख्त घाइते भएका पौडेललाई पोखराको बिरौटा स्थित नमस्ते अस्पतालमा भएको छ । खबर लगत्तै घटना स्थलमा खटिएको प्रहरीको टोलीले कुटपिट गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ भने, थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु