पहिरोले घर भत्काउदा पोखरामा एकको मृत्यु

फाइल तस्विर

सागर राज तिमिल्सिना
पोखरा, १८ असार /वर्षाका कारण पहिरो आउदा पोखरामा एक जनाको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ लब्ली हिलमा राती आएको पहिरोमा परि १४ बर्षिय बालकले ज्यान गुमाएको छन् ।

घरको पछिडीबाट आएको डिस्कोले पुरीएका १४ बर्षिय टंक क्षेत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते भएका उनको अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।

तारापति अधिकारीको ब्लकले बनेको दुई तलेघरमा पछिडिबाट आएको पहिरो पसेपछि घरमा बसेका घर भागा भाग भएको थिए ।

कमेन्टहरु
Loading...