पोखरामा करिब १ करोड फूलको कारोबार

सागर राज तिमिल्सिना
पोखरा, ३ कात्तिक/फूलको पर्वको रुपमा चिनिने तिहारमा पोखरामा करिब १ करोडको फूलको कारोबार भएको व्वयसायीहरुले बताएका छन् । पोखरामा ८० प्रतिशत फूल पोखरा आसपासबाटै आउने उनीहरुले बताए । पछिल्लो समय कास्की र आसपासमा फूलखेति गर्ने किसानहरु निकै बढेका छन् । यस क्षेत्रमा फूलको ब्यापार केन्द्र नै पोखरा भएको फ्लोरिकल्चर एशोसियसन कास्कीका सचिब बलराम श्रेष्ठले जानकारी दिए । उनले विस्तारै पोखरा फूलमा आत्मनिर्भर हुर्दै आएको बताए ।

केही बर्षमा भारतीय फूल नै नझार्ने अवस्था बन्ने उनको भनाई छ । अघिल्ला बर्षहरुमा २५ देखि ३० प्रतिशत सयपत्री तिहारका लागि मात्रै भारतबाट आयात भएको थियो । पोखरामा तिहारका लागि मात्रै करिब १ करोडको फूल विक्रि हुने उनले बताए । तिहार मनाउन गाउँदेखि शहरमा झर्ने चलन छ । यसले पनि ब्यापार बढी नै हुनेको व्यवसायीहरुको भनाई छ ।

अहिले नर्सरीमा भन्दा पनि तिहार लक्षित गरी सयपत्री फूलको खेति गर्ने किसानहरु बढेको श्रेष्ठले बताए । पोखरामा व्यावसायिक फूलखेती गर्ने किसान ३५ को हाराहारीमा छन् । पोखरा १७ विरौटामा १० वर्ष देखि सयपत्री फूलको खेती गर्दै आएको दिलबहादुर गुरुङले पछिल्लो सयमा फुल पोखरा आत्म निर्भर बन्दै गएको बताए । उनले आफुले सयपत्री फूलको विक्रिबाट मात्रै करिब ७ लाख आम्दानी गर्ने गरेको बताए । पोखरामा अहिले एउटा फूलको मुल्य ५ रुपैया र एउटा मालाको १ सय देखि ३ सय सम्ममा विक्रि हुदै आएको छ ।

तिहार र प्रणय दिवसका दिन फूलको अपुग हुने गर्दा भारतीय फूलहरु खपत हुन्छन् । यहाँ कास्की सहित स्याङजा, बागलुङ, गोरखा, धादिङ लगाएतका ठाउँबाट फूल आयात हुन्छन् । यस क्षेत्रमा करिब ३०० प्रजातिका पूmलको व्यवसायिक खेती हँुदै आएको छ । कास्कीको कालिका, लाहाचोक, घाचोक, भरतपोखरी, शिसुवा लगाएतका ठाउँमा फूल खेति बढेको छ । पोखरामा घर सजावटमा तिहारको बेला प्लास्टीकका फुलहरु पनि प्रयोग हुदै आएको छ ।

कमेन्टहरु
Loading...