पोखराको फूलबारी होटल नजिकको भिरबाट लड्दा एकको मृत्यु

पोखरा, १४ कात्तिक / पोखरामा बिहीबार एक व्यक्ति मृत फेला परेका छन् । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ सिक घर भई पोखरा महानगरपलिका ११ फुलबारी बस्दै र पोखरा १५ काम गर्दै आएका चक बहादुर तिलिजा पुन बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

६२ वर्षीय पुन फुलबारी होटलको १ नम्बर गेट नजिकै खारे भीरको अन्दाजी एक सय मिटर तल मृत अवस्थामा फेला परेका गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

घरबाट फोहोर फाल्न जान्छु भनि निस्केका पुन बिहानसम्म घर नफर्किएपछि स्थानीयले खोजतलास गर्दा उनी भिरमुनी मृत फेला परेका हुन् । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...