पुलिस मनकामना केवलकार पोखरा कपको क्र्वाटरफाईनलमा

पोखरा, १९ माघ /सिएमजी संकटा क्लबको चुनौतिलाई पन्छाउँदै नेपाल पुलिस क्लबले मनकामना केबलकार पोखरा कपको क्र्वाटरफाईनलमा प्रबेश गरेको छ । एक गोलले पछि परेको पुलिसले उत्कृष्ठ कमब्याक गर्दै संकटामाथि २–१ गोलले पराजित गर्दै अन्तिम आठ प्रबेश गरेको छ ।

अफ्रिकन खेलाडी म्याक्सवेल एलनले ११ औं मिनेटमा संकटाले अग्रता दिएका हुन् । बललाई सुभाष गुरुङले डि बक्सभित्र मिलाईदिएको पासलाई एलनले पेनाल्टी क्षेत्रबाट वान ड्रबमै फिनिसिङ टच दिए ।

पहिलो हाफ नहुदै खेल बराबरीमा पुग्यो । पुलिसले खेलमा कमब्याक गर्ने क्रममा ३१ आंैं मिनेटमा गोल गर्यो । टु भर्सेस टु अबस्थामा निरकुमार राईले डिबक्स भित्र दिएको ‘ब्याक हिल पास’लाई सदुपयोग गर्दै अभिषेक रिजालले सेकेण्ड बार च्याप्दै गोल गरेपछि पुलिसले बराबरीमा खेल लगेको थियो ।

रवि पासवानले निर्णायक गोल गर्दै पुलिसलाई संकटाको संकटबाट जोगाउँदै क्र्वाटरफाईनलको ढोका खोले । रवि पासवानले ५४ औं मिनेटमा गोलमा परिणत गरेका थिए । जितको लागि निर्णायक गोल गरेका पुलिसका रवि पासवान म्यान अफ दि म्याच घोषित भए ।

कास्की जिल्ला फुटबल संघको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा सञ्चालित छैटौं सस्करणको मनकामना केवलकार पोखरा कपमा आईतबार थ्रीस्टारले शसस्त्र प्रहरी बल बिच क्र्वाटरफाईनल खेल हुनेछ ।

कमेन्टहरु
Loading...