बर्षाले पोखरा कपको एपीएफ र रिस्हो युनिर्भसिटी जापान बीचको खेल स्थगित

पोखरा, २४ माघ/पोखराका कप अन्तरगत पहिलो सेमिफाईनल खेल वर्षाले रोकिएको छ । शसस्त्र प्रहरी बलको एपीएफ क्लब र जापानको रिस्हो युनिर्भसिटी बीचको खेल पानीकै कारण स्थगित भएको हो । पानीकै कारण मैदान हिलाम्मे भएको छ । खेल्न कठिनाई भएपछि कास्की जिल्ला फुटबल संघले दुवै टिमलाई सूचना गर्दै स्थगित गरेको जनाएको छ ।

विहानेदेखि परेको पानीकै कारण खेल स्थगित गरिएको सूचना सार्वजनिक गरियो । यी दुईको खेल भोलि शुक्रबार खेलाईने कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । स्थगितले संघले झण्डै एकलाख रुपैयाँ व्ययभार थपिएको जनाएको छ । फाईनल खेल आईतबार खेलाईने समेत अध्यक्ष गुरुङको भनाई थियो ।

शुक्रबारको सेमिफाईनल खेल भने शनिबार खेलाईने उनको भनाई थियो । शुक्रबार क्यामरुनी टिम डफिन्स फुटबल क्लब परिवारले मनांग मस्र्यांगदी क्लबसँग खेल्ने तय गरिएको थियो । विजेताले सात लाख ५५ हजार रुपैयाँ प्रदान गरिने निर्णय कास्की जिल्ला फुटबल संघले जनाएको छ ।

विजेताको हकमा भने चार लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ठ खेलाडीलाई मोटरसाईकल प्रदान गरिने छ । उत्कृष्ठ पाँच विधा बेष्ट फरवार्ड, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपर र बेष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने छ ।

उत्कृष्ठ विधाको पुरस्कार भने कास्की जिल्ला फुटबल संघमा आवद्ध पाँच क्लबले प्रायोजन गरेका छन् । कास्की जिल्ला फुटबल संघको आयोजना तथा मनकामना केवलकार प्रालिको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिताको फाईनल आईतबार हुने संघले जनाएको छ ।

कमेन्टहरु
Loading...