पोखरा कपमा एपीएफको विजयी सुरुवात

पोखरा, १५ माघ/एन्फा कास्कीको आयोजनामा पोखरामा सुरु भएको छैटौं सस्करणको मनकामना केबुलकार पोखरा कपमा विभागीय टोली शसस्त्र प्रहरी बलले विजयी सुरुवात गरेको छ । हिमालय शेर्पालाई २ – १ गोल अन्तरले हराउदै एपिएफले अन्तिम आठमा स्थान बनाएको छ ।

पहिलो हाफको २५ औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई अग्रता दिए । उनले डिबक्स बाहिरबाट हानेको बल क्रसबार हुदैं बल गोलपोष्ट भित्र छिरेपछि अग्रता लिएको थियो । शेर्पाका गोलकिपरले बचाउको प्रयास विफल बन्यो ।

दोस्रो हाफमा पाएको फ्रिकिकलाई सदुपयोग गर्दै शेर्पाले कमब्याक गर्यो । खेलको ५४ औं मिनेटमा अमर डंगोलले गोल गरे । एपिएफका राजन गुरुङले हिमालयनका विश्वास श्रेष्ठलाई फल गरे पछि पाएको फिकिमा रवि थापाले प्रहारलाई रिफलेक्ट भएको बललाई अमर डंगोलले गोल गर्दै शेर्पालाई बराबरीमा पु¥याए ।

खेलको ७८ औं मिनेटमा एपिएफले डिबक्स भित्र ह्याण्ड भएपछि पेनाल्टीको अवसर पायो । सुदिप सिख्राकारले गोल गर्दै शेर्पाको चुनौति २–१ गोलले पन्छाउँदै एक गोलको अग्रता बनाए । शेर्पाले पाएका केही राम्रा अवसरलाई गोलमा परिणत गर्न सकेन ।

बुधबार दोस्रो दिनको खेल डफिन्स टिम फेमेली क्यामरुन र च्यासल युथ क्लब बीच खेल हुने छ । प्रतियोगिताको बिजेताले ७ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्ने छ । त्यसै गरि उपविजेताले ४ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ । उत्कृष्ठ खेलाडीलाई मोटरसाईकल प्रदान गरिने छ । उत्कृष्ठ पाँच विधा बेष्ट फरवार्ड, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपर र बेष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले गरेका थिए ।

कमेन्टहरु
Loading...