पोखरा कपमा घरेलु टोलीलाई पराजित गर्दै बिग्रेड ब्वाई अन्तिम आठमा

पोखरा, १८ माघ/आयोजक पोखरा ११ लाई हराउदै विग्रेड व्इाईज छैटौं सस्करणको मनकामना केवलकार पोखरा कपको अन्तिम आठमा प्रबेश गरेको छ । क्लोज क्याम्प विनै सिधै पोखराको मैदानमा उत्रिएको बिग्रेड ब्वाईजले ओम डेभलपमेन्ट बैंक पोखरा ११ को चुनौतिलाई १–० गोलले हरायो ।

शुक्रबार पोखरा रंशगालामा घरेलु टोलीको चुनौति पन्छाउन विग्रेड ब्वाईजका अफ्रिकन खेलाडी नायक बने । खलेको ७२ औ मिनेटमा कजिम बुसारीको गोल बिग्रेड ब्वाईजको यात्रालाई अन्तिम आठमा पुर्यायो । मनोज राईको फ्रिकिकलाई घरेलु पोखरा ११ का गोलकिपर अजित पराजुलीले बल क्लियर गर्न नसकेको बललाई बुसारीले सदुपयोग गर्दै गोल गरे । खेलमा गोल गरेका बुसारी म्यान अफ दि म्याचको हकदार बने ।

ब्रिग्रेड ब्वाईजले पहिलो हाफमा खेल सुधार्ने पक्षमा देखिएको थियो । टिम सेट नभईकनै पोखराकै मैदानमा उत्रिदाँ घरेलु टोलीको दबाव भने पहिलोहाफमा रह्यो । तर दोस्रो हाफमा लय समात्दैं जितसम्म डोहोर्याउँदै अन्तिम आठको लक्ष्यलाई पुरा गर्यो । २६ औं मिनेटमा दिलेन मोक्तानको फ्रिकिक प्रभावकारी बन्न सकेन् । लेफ्टसाईडको डिबक्स नजिकै पाएको बललाई उनले कर्भ गर्न सकेनन् ।

प्रतियोगिताको अन्तिम प्रिक्र्वाटरफाईनल शनिबार नेपाल पुलिस क्लबले संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

कमेन्टहरु
Loading...