पोखरा कपको उपाधि क्यामरुनी टोली डफिन्सलाई

पोखरा, २७ माघ /शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १–० गोलले पराजित गर्दै पहिलो पटक सहभागिता जनाएको क्यामरुनको डफिन्स क्लब परिवारले मनकामना केबलकार पोखरा कपको उपाधि जितेको छ । विजेता टिमले सात लाख ५५ हजार रुपैयाँ, मेडल, ट्रर्फी र प्रमाणपत्र जित्न सफल भयो भने उपविजेताले नगद े चार लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो ।

पोखरा कपको छैटौं सस्करण मनकामना केवलकार पोखरा कपको उपाधि उचाल्न क्यामरुनले ५४ औं मिनेटमा निर्णायक गोल गर्यो । यान्निकले डिबक्स भित्र पाएको पासलाई डिफेन्सलाई विट गर्दै गोल गरेपछि उपाधि पक्का हुदाँ एपीएफले उपविजेत मै चित्त बुझाएर आईतबार पोखराको मैदानबाट विदाई लियो । खेलमा म्यान अफ दि म्याचको पुरस्कारबाट यान्निकले जिते ।

कास्की जिल्ला फुटबल संघको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा सञ्चालित पोखरा कपको छैटौं सस्करण मनकामना केवलकार पोखरा कपमा पोखराको फुटबल विकासमा योगदान दिएको भन्दै पोखराका उत्तम गुरुङलाई स्कुटर प्रदान गरिएको छ । फुटबल संघले प्रदान गर्ने पत्रकारिता पुरस्कार फोटो पत्रकार उमेश पुनलाई प्रदान गरेको छ ।

एपीएफका गोलकिपर राजु नगरकोटीले उत्कृष्ठ खेलाडी र उत्कृष्ठ गोलकिपरको पुरस्कार जित्न सफल भए । उनले पुरस्कार स्वरुप यामहाको मोटरसाईकल प्राप्त गरे । उत्कृष्ठ डिफेन्सबाट एपीएफकै रमेश दंगाल घोषित भए । उत्कृष्ठ मिडफिल्डको पुरस्कार भने मनाङ मस्र्याङ्दीका हेमन्त गुरुङ भए । उत्कृष्ट स्ट्राईकरको पुरस्कार क्यामरुनका यान्निकले जिते । उत्कृष्ठ प्रशिक्षक भने एपीएफका प्रशिक्षक राजेन्द्र तामाङ घोषित भएका छन् ।

उत्कृष्ठ पाँच विधा बेष्ट फरवार्ड, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपर र बेष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको थियो । विजेता तथा उपविजेता खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापा, कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...