पोखरामा व्यवसायिक क्रिकेटको शुरुवात, माछापुच्छ्रे क्रिकेट लिगका लागि खेलाडी लिलाम

पोखरा, २२ साउन /पोखरामा पहिलो पटक व्यवसायिक क्रिकेटको छनक देखिएको छ । आइतबार लेकसाइडको होटल बाटिकामा आयोजित एक कार्यक्रमका बिच क्रिकेट खेलमा यस क्षेत्रमा प्रतिष्ठा बनाएका खेलाडीहरुको मुल्य तोकिएको छ । र उनीहरुलाई विभिन्न क्लवमा आवद्ध गराइएको छ ।

माछापुच्छ्रे क्रिकेट क्लब पोखरा र खुकुरी इन्टरटेन्मेटको आयोजनामा पोखरामा हुने माछापुच्छे्र क्रिकेट लिगमा सहभागि हुने खेलाडीहरुको आइतबार लिलामी गरिएको हो । प्रतियोगितामा भि.एम. वारियर्स बाग्लुङ्ग, के.के.ए.एफ.स्याङजा च्यालेन्जर्स, इन्फोमेटिक्स कलेज चिताज्, डाउन टाउन लायन्स क्लव पोखरा, पर्वत टाइटान्स र माछापुच्छ्रे लायन्स पोखराले भाग लिनेछन् ।

लिलामीमा सहभागि टिमका व्यवस्थापक, क्याप्टेनले खेलाडीहरुको बढिबढाउ मुल्यमा खेलाडीहरु आ–आफ्नों टिमका लागि खरिद गरे । खेलाडी लिलामी कार्यक्रममा प्रतियोगितामा भाग लिने ६ क्लबका व्यवस्थापक र टिम क्याप्टेनले खेलाडीको मुल्य लगाएका हुन् । आयोजकले एक टिमले खेलाडी खरिदका लागि बढिमा ५० हजार रुपैयाँ खर्च गर्न पाउने प्रावधान बनाएकाले उनीहरुले पनि सोही दायरा भित्रै रहेर खेलाडीको मुल्य लगाए ।

६ वटा टिमहरुले ९० खेलाडी खरिदका लागि २ लाख ७५ हजार ५ सय रुपैयाँ खर्चिए । लिलामीमा पोखराका सुदिप पौडेल सबैभन्दा महंगो खेलाडी बने । उनलाई डाउन टाउन लायन्सले १० हजार मुल्य लगायो । त्यस्तै स्याँग्जाका विश्व थापालाई स्याँग्जालेनै ७ हजार ५ सय रुपैयाँमा खरिद ग¥यो भने बाग्लुङ्गका कृष्ण खड्कालाई बाग्लुङ्गले ७ हजारमा र त्यतिनै रकममा माछापुच्छ्रे लायन्सले मेहनत खनाललाई खरिद ग¥यो ।

लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिता भदैको ६ देखि १७ गतेसम्म नदीपुरस्थित माछापुच्छ्रे क्रिकेट मैदानमा हुने छ । विजेता टोलीले ३ लाख, सिल्ड, मेडल र प्रमाणपत्र, उपविजेताले १ लाख ५० हजार नगद पाउनेछ । त्यसैगरि सर्वोत्कृट खेलाडीले २० हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्स्म्यानले १०/१० हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।

कमेन्टहरु
Loading...