पोखरा महानगरपालिकाको फोहोर उठाउने गाडीमा शिशुको शव

पोखरा, २३ पुस /पोखरा महानगरपालिकाको फोहोर बोक्ने गाडीमा सोमबार नवजात शिशुको शव फेला परेको छ ।

पोखरा १७ बिरौटा स्थित अन्नपुर्ण मार्ग र यज्ञशाला मार्गबाट ग १ ख ८४७८ नम्बरको फोहोर उठाउने महानगरपालिकाको गाडीबाट ल्याएको फोहोरमा शिशुको शव फेला परेको हो ।

शव पोखरा महानगरपालिका–१४ डम्पिङ साईडमा फोहोरको प्रकार छुट्टाउने कर्मचारीहरुले फोहोर छुट्टाउने क्रममा तन्नाले बेरिएको अवस्थामा भेटिएको थियो । भेटिएको शव पुरुषको रहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...