पोखरा उपत्यका सफाइ अभियान जारी, लेखनाथमा उत्साजन सहभागीता

पोखरा, २४ असार/पोखरा उपत्यका बृहत् सफाइ अभियान वडा नं. २७ को लेखनाथचोकदेखि बेगनासताल चोकसम्म सरसफाइ गरी सम्पन्न भएको छ । ‘हप्तामा एक घण्टा ः राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ संचालित उक्त सफाइ अभियानको ५८ औं श्रृंखलामा झण्डै १० टन फोहोरमैला संकलन भएको वडासचिव लीलामणि भण्डारीले बताए ।

सरसफाइ अभियानको पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथि जगदीशचन्द्र पोखरेलले राष्ट्रिय गीत बजाई शुभारम्भ गरेका थिए । अभियानमा उपस्थित सबैलाई समाजसेवी एवं लेखनाथ लायन्सका पूर्व अध्यक्ष शैलेन्द्रमोहन भट्टराईले शपथ गराएका थिए ।

कार्यक्रममा सहभागी सबैलाई वडा अध्यक्ष पूर्णकुमार गुरुङले धन्यवाद ज्ञापन गरेका थिए । यसअघि सफाइ अभियानका लागि ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले १० थान डोको र १ हजार जोर डिस्पोजल ग्लोब उपलब्ध गराएका थिए भने श्यामा श्यामधाम लेखनाथले पिउनेपानी व्यवस्था गरेको थियो ।

अभियानमा नेपाली सेना, नेपाल प्रहरी, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, नमूना आमा समूह तल्लो हेमजा, हाम्रो कास्कीकोट युवा संजाल अभियान युवा क्लब, जिरो किलोमिटर, राधामाधव समिति श्यामा श्यामधाम लेखनाथ, लेखनाथ लायन्स क्लब, लायन्स क्लब अफ लेखनाथ सिमसार, टोल विकास संस्था वडा समन्वय समिति सामुदायिक प्रहरी सेवा लेखनाथ, स्थानीय आमा समूह, विभिन्न संघसंस्था लगायत वडाबासीको उल्लेख्य सहभागिता रहेको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए । ५९ आंै साताको सफाइ अभियान पोखरा लेखनाथ महानगरपालिका वडा नंं २८, कालिकामा हुनेछ ।

कमेन्टहरु
Loading...