पोखरा सभागृह निजी क्षेत्रलाई (यस्तो छ मास्टर प्लान)

सागर राज तिमिल्सिना
पोखरा, ७ माघ/घाटामा संचालन हुँदै आएको पोखरा सभागृहलाई पोखरा उप—महानगरपालिकाले निजी क्षेत्रसँगको साझेदारीमा चलाउने भएको छ । निजी क्षेत्रको बिपिएस लिजिङ एन्ड म्यानेजमेन्टले सभागृहको सन्चालन गर्न लागेको हो । विपिएसले सभागृहका लागि २ वर्षभित्र ५ करोड रुपैयाँ लगानी गर्ने सहमति नगर पालिका सगँ गरेको छ । सभागृह निजी क्षेत्रले सन्चानल गर्न ५ वटा फर्मले नगरपालिकामा आवेदन दिएका थिए । प्राविधिक रुपमा बिपिएसले गरेको प्रस्ताव राम्रो भए पछि नगर पालिकालले विपिएलाई दिएको हो ।

पोखरा सभागृह मास्टर प्लान
पोखरा सभागृह मास्टर प्लान

पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले आगामी २० वर्षका लागि वार्षिक १० लाख रुपैयाँमा सभागृह संचालनका लागी अनुमति दिएको जानकारी दिए । पोखराको गहनाको रुपमा रहेको एकमात्र सभागृह संरक्षण हुन नसक्दा जिर्ण बन्दै गएको थियो । मर्मत गर्नका लागि ५ करोड रुपैयाँ आवश्यक पर्ने भएपनि नगरपालिकासँग त्यत्ति रकम नभएपछि नीजि क्षेत्रलाई दिन लागेको कार्यकारी अधिकारीले जानकारी दिए ।

सार्वजनिक निजी साझेदारी (पिपिपी) को अवधारणाअनुसार सभागृहलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने लागेको उनले बताए । सभागृह चलाउन नगरपालिकाले ४ जना कर्मचारी खटाउँदै आएको छ । गत पुस २६ गते पोखरा नगरपरिषदले सभागृहलाई पिपिपी मोडलमा लैजाने प्रस्ताव पारित गरेपछि बिपिसी, नगरपालिका र पोखरा उपत्यका नगरविकास समिति बीचसम्झौता भएको हो ।

पोखरा सभागृह
पोखरा सभागृह

सहभागृह बनेको जग्गाको धनी पोखरा उपत्यका नगर विकास समिति हो । सभागृहमा अहिले ठूलो हलमा कार्यक्रम हुँदा अरु सम्मेलन र बैठक गर्न मिल्दैन । अन्तर्राष्ट्रियस्तरको बैठक र सम्मेलन चलाउन मिल्ने कक्षहरु थप्ने बिपिएस लिजिङ एन्ड म्यानेजमेन्टका प्रबन्ध निर्देशक आदर्श श्रेष्ठले जानकारी दिए । हाल सभागृहमा रहेको कुर्ची भाँचिएका छन् । सभागृहको माथी रहेको घडि चल्दै, हलका पर्दाहरुले काम नगर्ने अवस्थामा रहेका छन् ।

कमेन्टहरु
Loading...