पोखरामा छुटाछुट्टै घटनाः एकको मृत्यु, ३ जना घाइते

पोखरा, १४ कात्तिक/ पोखरा महानगरपालिका १८ सराङकोटमा निमार्ण भईरहेको एक रिसोर्टमा रंग गर्ने क्रममा लडेर एकको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा बस्ने घर भएका २५ बर्षिय राज कुमार मगर रंग लागउने क्रममा रिसोर्टको तेश्रो तलाबाट खस्दा घाईते भएका थिए ।

उनको मणिपाल अस्पताल लगिएकोमा डाक्टरले चेकजांच गर्ने क्रममा मृत घोषणा गरेका थियो । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश ४ प्रहरी कार्यालय पोखराका प्रवक्ता गोविन्द्र पुरीले जानकारी दिए ।

त्यसै गरी पोखरा महानरपालिका ९ बास्तोला थरमा ईन्द्र प्रसाद बास्तोलाको घरको कम्पाउण्डिङ गरेको पर्खालमा खेल्ने क्रममा पर्खाल लडि च्यापिंदा सोही स्थान कै वर्ष ५ को गौरब थापा र वर्ष ७ को शुशान्त पोख्रेल घाईते भएका छन् । उनीहरुको फिस्टेल अस्पतालमा उपचार भएको छ ।

त्यसै गरि बुधबार नै पोखरा १० राममार्गमा गाह्रो भत्कता एक जना घाइते भएका छन् । ओखलढुङ्गा थाले ५ घर भई हाल पोखरा १५ लक्ष्मीटोल बस्ने ३५ बर्षिय महेश कुमार राईले घाइते भएका छन् । पोखरा महानगरपालिका १० राममार्ग स्थित अनिता तिमिल्सिनाको घरमा पानी ट्याङ्कीको गाह्रो लगाएर आरसिटी जाली बुन्ने बेलामा जालि र गाह्रो भत्कन गई राई चेपेका थिए । उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भएको छ ।

कमेन्टहरु
Loading...