पोखराको चाइना पुलमा सवारी दुर्घटना

पोखरा, ५ कात्तिक/ पोखरा महानगरपालिका वडा नम्बर ९ चाईनापुल नजिकै दुर्घटना भएको छ ।

पृथ्विचोकबाट अंमरसिंह चोकतर्फ जाँदै गरेको बा २४ प ५८७१ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको ना ४ ख ९१०४ नम्बरको ट्रकले ठक्कर दिदा दुई जना घाइते भएका छन् ।

घाईते हुनेमा मोटरसाईकल चालक चितवन घर भई हाल पोखाको जिरो किमि बस्ने ३६ बर्षिय विजय थापा र पछाडी सवार काठमाडौं घर भई हाल पोखराको फर्के बस्ने ५३ बर्षिय बालकृष्ण सापकोटा रहेका छन् ।

प्रहरी टोली खटिई दुवै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...