पोखरामा छाडा चौपाया चुनौति, निजी क्षेत्रलाई जिम्मा दिने तयारी

पोखरा, २१ असोज / पोखरा महानगरपालिकाको सडकमा देखिने छाडा चौपाया व्यवस्थापनमा निकै चुनौतिपूर्ण बन्दै गएको छ ।

छाडा चौपाया नियन्त्रण र व्यवस्थापनमा महानगरपालिकाले चासो दिदैं आएपनि समस्याको निराकरण भने हुन सकेको छैन् ।

महानगरपालिकाले चौपाया व्यवस्थापनको गर्न कुनै व्यक्ति विशेष, संघसंस्था एवं सहकारीलाई दिनसक्ने गरी कार्यविधि तयार पार्न

लागिएको महानगरपालिका मेयर मानबहादुर जिसीका स्वकिय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । ‘छाडा चौपाया व्यवस्थापनको

लागि कुराकानी त भइरहेको छ । तर कार्यविधि बनाएपछि मात्रै व्यवस्थापनको जिम्मेवारी दिने योजना महानगरपालिकाको छ ।’ उनको

भनाई थियो ।

छाडा चौपाया व्यवस्थापनको लागि महानगरपालिकाले वडा नं १७ का वडाध्यक्ष तीर्थ अधिकारीको नेतृत्वमा व्यवस्थापन गर्ने उपयुक्त

ठाँउको अध्ययन टोली गठन गरिएको छ । टोलीले महानगरपालिका क्षेत्रभित्र उपयुक्त स्थान पहिचान गर्न स्थलगत अध्ययन गरिरहेको छ ।

वडाध्यक्ष अधिकारीका अनुसार पोखरा महानगरपालिका १७ महतगौंडा, वडा नं १५ मा , वडा नं ३२ र वडा नं २५ हेमजामाा जग्गा

हेरिएको छ ।

‘हेरिएको मध्ये हेमजाको जग्गा उपयुक्त देखिएको छ ।’ वडाध्यक्ष अधिकारीले भने–‘फाईनल टुगो भने भईसकेको छैन् ।’ उनका अनुसार

हेमजामा झण्डै १५० रोपनी क्षेत्रफलको सेती नदी किनारको मानवबस्ती नभएको जग्गा उपयुक्त देखिएको छ । उनले स्थानीय हेमजाका

वडाध्यक्षसँग समेत आवश्यक छलफल भएको जनाउँदै त्यहाँ भए महानगरपालिकाले कार्यविधि बनाई अगाडि बढन्ने बताए । उनका

पोखराका छाडा चौपाय
पोखराका छाडा चौपाय
अनुसार केही सहकारीले व्यवस्थापनप्रति चासो दिएको छ ।

‘चासो दिएकाहरुलाई प्रस्तावना ल्याउन भनेका छौं ।’ उनको भनाई थियो । उनका अनुसार छाडा चौपायको समस्या दीर्घकालिन भएको

भन्दै त्यसको व्यवस्थापन पनि लङट्रम अनुसार नै गर्नुपर्छ । नगर क्षेत्रभित्र

छोडिएका छाडा चौपायाले बजारका मुख्य सडकहरुनै अस्तव्यस्त बन्दै आएको छ । सडकमै पशुहरु बस्दा दुर्घटनाको जोखिम उत्तिकै छ ।

पोखरामा झण्डै २ हजारको संख्यामा छाडा चौपाया रहेको अनुमान गरिएको छ ।

स्याङजा र तनहुँको शुक्ला गण्डकी नगरपालिकाबाट खेदिएका चौपाया पोखरा आउने गरेका छन् । कास्कीकै ग्रामीण क्षेत्रमा दूध आउन्जेल

दुहुने र दूध थाकेपछि बजार तर्फ खेद्ने प्रवृत्तिले छाडा चौपायाको समस्या बढ्दै गएको हो । विशेष गरी बालीनाली लगाउने सिजनमा बढी

मात्रामा छाडा चौपाया बजार खेदिने गरिएको पाइएको छ ।

महानगरपालिकाले मृत चौपाया, दोपाया व्यवस्थापनको लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बजेट विनियोजन गरेपछि कार्यविधिसहितको व्यवस्थापन नहुदाँ वर्षेनी समस्या विकराल बन्दै गएको छ । त्यतिमात्रै नभई छाडा

चौपाया नियन्त्रणसँगै बालीनाली नष्ट गर्ने चौपाया नियन्त्रण गर्न कान्जी हाउस नै बनाउन महानगरपालिकाले १ करोड रुपैयाँ बजेट छुट्टाएको

छ । बजारमा छाडिएको छाडा गाईको व्यवस्थापन गुरुकुल आश्रम मार्फत गनुपर्ने सुझाव समेत आएको छ । चौपायाको व्यवस्थापनसँगै

भेटनरी कलेज(पशु चिकित्सालय) स्थापना गर्नुपर्ने तर्क समेत अगाडि सारिएको छ । गोबरबाट कम्पोष्ट मल र मुत्रलाई विषादीको

रुपमा अर्गानिक खेतीमा प्रयोग गर्न सकिने सम्भावना छ । त्यसको लागि महानगरपालिकाले आवश्यक सहयोग समेत गर्ने महानगरपालिकाले

जनाएको छ ।

पोखराको सडकमा भैसीले सवारी साधनलाई अवरोध गर्दै आएको छन् । छाडा चौपाएका कारण सडक दुर्घटना समेत हुदै आएको छ । नगरपालिकाले बेला बेलामा प्यास गरे पनि छाडा चौपाए पनि सडकमा देखिन्छन् । तस्विर ः प्रदिप पौडेल
पोखराको सडकमा भैसीले सवारी साधनलाई अवरोध गर्दै आएको छन् । छाडा चौपाएका कारण सडक दुर्घटना समेत हुदै आएको छ । नगरपालिकाले बेला बेलामा प्यास गरे पनि छाडा चौपाए पनि सडकमा देखिन्छन् । तस्विर ः प्रदिप पौडेल

गत वर्ष महानगरपालिकाले पोखरा वडा नं २० स्थित थानापति दुग्ध उत्पादक सहकारीसँग सम्झौता गर्दै छाडा चौपाया व्यवस्थापनको

जिम्मेवारी दिएको थियो । सम्झौता अनुसार छाडा चौपाया व्यवस्थापन समेत गरिएको थियो । तर दीर्घकालिन रुपमा व्यवस्थापन हुन

नसक्दा योजना बीचैमा अलपत्र पर्यो । त्यसपछि फेरी पोखराको सडकमा छाडा चौपाया यत्रतत्र देखिन थाले । सम्झौता अनुसार

महानगरपालिकाले सहकारीलाई मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । सडक निर्माण लगायत अन्य पुर्वधारको

लागि महानगरपालिकाले ६० लाख भन्दा बढी खर्च गरिसकेको जनाएको छ ।

कमेन्टहरु
Loading...