पोखरा महानगरले छाडा चौपाया बाच्छेवुडुवामा व्यवस्थापन गर्दै

पोखरा, ८ माघ/विभिन्न संघसंस्था मार्फत छाडा चौपाया व्यवस्थापन गर्न पहल गरिरहेको महानगरपालिकाले अन्तत आफैंले व्यवस्थापन शुरु गरेको छ । पोखरा महानगरपालिकाल वडा नं १५ छिनेडाडाँ बाच्छेवुडुवामा टिनको टहरा(सेड) बनाई छाडा चौपाया व्यवस्थापनको काम शुरु गरेको हो ।

आप्mनै लगानीमा भएका पुराना टिनलाई उपयोग गरी छानो हालेर सेड बनाईएको छ । वरिपरी तारबारले घेरिएको छ । ‘तारबार लगाई टिनको टहरा बनाईएको छ । त्यँही लगेर छाडा चौपाया(गाई)को व्यवस्थापन गरिएको छ ।’ पोखरा महानगरपालिकाका मेयर मानबाहदुर जिसीका स्वकिय सचिव लक्ष्मण तिमिल्सिनाले भने–‘अब सडकमा देखिएका छाडा चौपायालाई व्यवस्थापन गर्दै जाने छौं ।’

छाडा चौपाया व्यवस्थापनको लागि महानगरपालिकाले विभिन्न वडालाई सम्भावित स्थलको खोजी गर्न निर्देशन दिएको थियो । पोखरा महानगरपालिका वडा नं १५, १७ र २५ मा व्यवस्थापन गर्ने सम्भावित स्थलको अध्ययन समेत गरिएको थियो । विभिन्न संघसंस्थालाई आर्थिक सहयोग उपलब्ध गराउने गरी महानगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्न आग्रह समेत गरेको थियो । तर कसैले चासो नदिएपछि महानगरपालिका आफैं व्यवस्थापन गर्न कस्सिएको हो ।

पोखराका छाडा चौपायको व्यवस्थापन बिहीबार देखि, भलाम र मौजामा व्यवस्थापन

छिनेडाडास्थित बाच्छेबुडुवामा झण्डै १ सय रोपनी क्षेत्रफलमा चौपाया व्यवस्थापन गरिने उनले जानकारी दिए । ‘डेढसयदेखि दुईसय चौपाया राख्न सकिने ठाँउ छ ।’ महानगरपालिकाका सूचना अधिकृत गंगालाल सुवेदीले भने भने ‘तारबार र टिनको छानो छाईसकिएको छ ।’ उनका अनुसार टिन छाउन शुरु गरेपछि अहिले ३० वटा छाडा छाडिएको गाईलाई ल्याई व्यवस्थापन गरिएको छ । गाईको लागि परालको व्यवस्थापन समेत महानगरपालिकाले गर्दै आएको छ ।

उनले छाडा गाई व्यवस्थापन गर्न विभिन्न संघसस्थाले समेत मागेको सुनाए । तर ती संघसंस्थाले फराकिलो क्षेत्र, पारिलो क्षेत्र, लगानी गरिदिनुपर्ने माग गरेका छन् । ‘संस्थाले मागे अनुसार ठाँउ दिन नसक्ने अवस्थाले महानगरपालिका आफैंले व्यवस्थापन शुरु गरेको हो ।’ उनले भने–‘भोलि कुनै गाईपालक किसानले गाई पाल्छु भनेर माग्न आउँछन भने छाडा छोड्न नपाउने गरी ट्याग लगाएर दिन तयार छौं ।’ व्यवस्थापनको लागि महानगरपालिकाले भिरालो क्षेत्रमा तारबार लगाउन पाँचलाख रुपैयाँ खर्च गरेको छ । हेमजाका महादेव गुठीले पनि गाई व्यवस्थापन गर्ने चासो देखाएको छ । तर उनीहरुलाई ठाँउको व्यवस्थापन गर्न नसकिएको महानगरपालिकाको ठम्याई छ ।

पोखराको सडकमा भैसीले सवारी साधनलाई अवरोध गर्दै आएको छन् । छाडा चौपाएका कारण सडक दुर्घटना समेत हुदै आएको छ । नगरपालिकाले बेला बेलामा प्यास गरे पनि छाडा चौपाए पनि सडकमा देखिन्छन् । तस्विर ः प्रदिप पौडेल
पोखराको सडकमा भैसीले सवारी साधनलाई अवरोध गर्दै आएको छन् । छाडा चौपाएका कारण सडक दुर्घटना समेत हुदै आएको छ । नगरपालिकाले बेला बेलामा प्यास गरे पनि छाडा चौपाए पनि सडकमा देखिन्छन् । तस्विर ः प्रदिप पौडेल

छाडा चौपाया व्यवस्थापन नहुदाँ पोखरा महानगरपालिकाको सवारी दुर्घटनको मुख्य कारण बन्दै आएको छ । महानगरपालिकाले चौपाया व्यवस्थापनको गर्न कुनै व्यक्ति विशेष, संघसंस्था एवं सहकारीलाई दिनसक्ने गरी कार्यविधि तयार समेत पारेको छ । नगर क्षेत्रभित्र छोडिएका छाडा चौपायाले बजारका मुख्य सडकहरुनै अस्तव्यस्त बन्दै आएको छ । सडकमै पशुहरु बस्दा दुर्घटनाको जोखिम उत्तिकै छ । पोखरामा झण्डै २ हजारको संख्यामा छाडा चौपाया रहेको अनुमान गरिएको छ ।

छाडा साढे द्धारा पोखरामा एक बृद्ध शक्त घाईते

स्याङजा र तनहुँको शुक्ला गण्डकी नगरपालिकाबाट खेदिएका चौपाया पोखरा आउने गरेका छन् । कास्कीकै ग्रामीण क्षेत्रमा दूध आउन्जेल दुहुने र दूध थाकेपछि बजार तर्फ खेद्ने प्रवृत्तिले छाडा चौपायाको समस्या बढ्दै गएको उनको भनाई थियो । विशेष गरी बालीनाली लगाउने सिजनमा बढी मात्रामा छाडा चौपाया बजार खेदिने गरिएको पाइएको छ ।

महानगरपालिकाले मृत चौपाया, दोपाया व्यवस्थापनको लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेट विनियोजन गरेपछि कार्यविधिसहितको व्यवस्थापन नहुदाँ वर्षेनी समस्या विकराल बन्दै गएको छ । त्यतिमात्रै नभई छाडा चौपाया नियन्त्रणसँगै बालीनाली नष्ट गर्ने चौपाया नियन्त्रण गर्न कान्जी हाउस नै बनाउन महानगरपालिकाले १ करोड रुपैयाँ बजेट छुट्टाएको छ ।

पोखरा महानगरलाई प्रश्न, छाडा चौपायाले कसरी बन्छ स्मार्ट सिटि ?

कमेन्टहरु
Loading...