पोखराको बुलौदी पुलमा कार दुर्घटना, पर्खाल रोक्दा ठुलो क्षतीबाट जोगियो

पोखरा, २३ असार /पोखरा महागनरपालिका ६ र ७ को सिमा बुलौदी पुलमा दुर्घटना भएको छ । सोमबार विहान करिब साढे दुई बजेको समयमा कार दुर्घटना भएको हो ।

पोखरा हल्नचोकबाट पृथ्वीचोक तर्फ जादै गरेको ग३च ६० नम्बरको कार दुर्घटनामा परेको हो । हल्नचोक तर्फबाट पृथ्वीचोक जादै गरेको कार पुलको बिचमा रहेको डिभाइडर जागिन खोज्दा अर्को साइडको पुलको पर्खालमा कार ठोकिन पुगेको हो ।

कार पर्खालमा अल्झिकारण बुलौदी खोलामा खस्नबाट जोगिएको हो । कारमा सवारलाई भने केही भएको छैन । कारलाई राती नै हटाउन नसकीए पछि विहान क्रेनको साहेताले कारलाई वर सारीएको थियो ।

पुलमा नै कार हुदाँ विहान टिप पनि डिभाइडरमा लछारीएको थियो । घुमैरो बाटो र पुल साघुरो हुदाँ विचमा रहेको डिभाइडरमा दुर्घटना हुने गरेको छ ।

कमेन्टहरु
Loading...