पोखराको बसपार्कमा डरलाग्दो दुर्घटना, कारले २ मोटरसाइकल र १ ठक्कर

पोखरा, २५ कात्तिक / पोखराको बागलुङ बसपार्कमा शुक्रबार राती डरलाग्दो दुर्घटना भएको छ । बागलुङ बसपार्क नजिकै भएको दुर्घटनामा ४ जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अवस्था गम्भीर छ ।

शुक्रबार राती ७ बजेतिर बा १२ च ४६४६ नम्बरको कारले ग २ प ८९८८ र ग ५ प ५४५७ नम्बरको दुईवटा मोटरसाईकल र ग १२ प ८४१० नम्बरको सकुटरलाई ठक्कर दिएको हो ।

ठक्करबाट ओखलढुंगा लिखु ३ नरबदेश्वर बस्ने २७ बर्षका नवीन कार्की र उनका भाई २० बर्षका मदन कार्की गम्भीर घाईते भएका छन् । उनीहरु दुवैजनाको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

दुवैजना हालसम्म बेहोस रहेको प्रहरीले जनाएको छ । नवीनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ भने भाइ मदनको भेन्टिलेटर बाहिर उपचार भैरहेको छ । दुवैजनाको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ ।

यस्तै, स्कुटर चालक पोखरा १ बागबजारकी २१ बर्षिया सोनी श्रेष्ठ घाईते छिन् । उनको फिस्टेलमा उपचार भैरहेको छ । कारमा सवार बर्ष २० की मञ्जु मगर सामान्य घाईते भएकोमा उपचारपछि घर फर्किएकी छिन् ।

कार चालक पोखरा ३३ का ३० बर्षिय महेश्वर अर्याल प्रहरी नियन्त्रणमा छन् भने ग ५ प ५४५७ नम्बरको मोटरसाईकल चालक फरार भएका छन् ।

कमेन्टहरु
Loading...