पोखरा आउदै गरेको हाईस तनहुँमा दुर्घटना

पोखरा, ३१ जेठ/तनहुँको म्याग्दे गाउँपालिका ४ छबिसे स्थित पृथ्वी राजमार्गमा पोखरामा हाईस दुर्घटना भएको छ ।

बा २ ख १८९१ नम्बरको हाईस अनियन्त्रीत भई सडकबाट अन्दाजी १२ फिट तल खस्दाँ हाईसमा सवार ८ जना घाईते भएका छन् । उनीहरुको दमौली अस्पतालमा उपचार भएको छ ।

उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान गरी रहेको प्रहरीको भनाई छ ।

दुर्घटनामा परी कास्कीको अन्नपुर्ण गाउँपालिका ९ बस्ने वर्ष ३३ की सम्झना पुन मगर, पोखरा महानगरपालिका ९ बस्ने बर्ष २९ का नबिन भुजेल, पोखरा महानगरपालिका २४ बस्ने वर्ष २३ का

सुशान सुबेदी, तनहुँ देबघाट गाउँपालिका २ बस्ने वर्ष ४० का बिजय थापा, सोही ठाउँ बस्ने वर्ष ४६ क छबिलाल थापा, नवलपरासी बुलिङटार गाउँपालिका ५ बस्ने बर्ष २६ का कृष्ण बहादुर राना, सोही ठाउँ बस्ने वर्ष ५९ क हर्क बहादुर थापा र भारत घर भएका वर्ष ३६ को जितेन्द्र पाण्डे घाइते भएका छन् ।

कमेन्टहरु
Loading...