यस्ता छन् पोखरा महानगरले बजेटबाट ल्याएका पुर्वाधार तथा यातायातको योजना

पोखरा, २९ असार /बिहीबार सार्वजनी भएको पोखरा लेखनाथ महानगर पालिकाकाको पुर्वाधार तथा यातायात योजनालाई पनि प्रथामिकता साथ अगाडी सारेको छ ।

बजेटमा महानगरपालिकाको कार्यालय सार्ने उल्लेख छ । यद्वपी कहाँ सार्ने र त्यसको बजेट कति हो भन्नेबारेमा भने बजेट मौन छ । महानगरका ३३ बटै वडाहरूलाई एकआपसमा सडक सञ्जालबाट जोड्दै वडा नम्बर ३२ को लामेआहाल देखि वडा नम्बर ३३ को बाघमारा हुँदै बिरौटासम्म निर्माणाधीन वैकल्पिक मार्गलाई छिटो सम्पन्न गर्ने उल्लेख छ ।

महानगर उज्यालो कार्यक्रम अन्तर्गत सडकमा सौर्य बत्ती जडान गर्ने कार्यलाई निरन्तरता दिदै आवश्यक स्थानमा शौचालय, स्वच्छ पिउने पानी सहितका सर्भिस स्टेसनको निर्माण गरिने बजेटमा उल्लेख छ ।

पार्किङ व्यवस्थालाई प्रभावकारी बनाई महानगरभित्र सम्वन्धित निकाय सँगको समन्वयमा आवश्यक ठाँउमा सि.सि.क्यामरा जडान गरी ट्राफिक बत्ती समेतको व्यवस्था गरिने उल्लेख छ ।

पोखराभित्र मेट्रो रेल सञ्चालनको सम्भाब्यता अध्ययन गरिनुका साथै पोखरा लुम्बिनी फास्ट ट्रयाकको सम्भाव्यता अध्ययन गरिने पनि उल्लेख छ ।

पूर्वाधार तथा यातायात
जनतालाई पायक पर्ने स्थानमा महानगरको प्रधान कार्यालय स्थापना गर्नुका साथै प्रत्येक वडाका लागि अत्यावश्यक सेवा सञ्चालन गर्न मिल्ने पूर्वाधारयुक्त कार्यालय भवन निर्माण गरी सेवा प्रदान गरिने छ ।

महानगरका ३३ बटै वडाहरूलाई एकआपसमा सडक सञ्जालबाट जोड्दै वडानं ३२ को लामे आहाल देखि ३३ को बाघमारा हुदै बिरौटासम्म निर्माणाधीन वैकल्पिक मार्गलाई छिटो सम्पन्न गर्न पहल गरिने छ ।

महानगर उज्यालो कार्यक्रम अन्तरगत सडकमा सौर्य बत्ती जडान गर्ने कार्यलाई निरन्तरता दिदै आवश्यक स्थानमा शौचालय, स्वच्छ पिउने पानी सहितका सर्भिस स्टेसनको निर्माण गरिने छ ।

पार्किङ व्यवस्थालाई प्रभावकारी बनाई महानगरभित्र सम्वन्धित निकाय सँगको समन्वयमा आवश्यक ठाँउमा सि.सि.क्यामरा जडान गरी ट्राफिक बत्ती समेतको व्यवस्था गरिने छ ।

नक्सापास नगरी भौतिक संरचना तथा घर निर्माण गर्ने र स्वीकृत मापदण्ड बिपरीत कार्य गर्ने कार्यलाई निरूत्साहित गरी कानुनी दायरामा ल्याइनेछ । विषेशज्ञ समेतको प्रतिनिधित्व रहने समितिद्वारा निर्माण भएका संरचना तथा विकास आयोजनाको अनुगमन तथा सुपरिवेक्षण गरी व्यवस्थित गरिने छ ।

महानगर भित्र ढलनिकास समस्यालाई समाधान गर्न सम्भाव्यता अध्ययन गरी कार्यक्रम अगाडि बढाइने छ ।

महानगरपालिका भित्र बिगतदेखि सञ्चालित क्रमागत योजनाहरूलाई आगामी आ.व.मा पनि निरन्तरता दिईनेछ भने मर्मत संभार कोषलाई व्यवस्थित बनाउन आवश्यक कार्यविधि बनाई कार्यान्वयनमा ल्याइनेछ ।

महानगरपालिका क्षेत्रको व्यवस्थित, दीर्घकालीन एवम्वातावरण मैत्री दिगो विकासको लागि भू—उपयोग गुरू योजना तर्जुमा गरी आवास क्षेत्र, सार्वजनिक क्षेत्र, खुला एवम् हरियाली क्षेत्र, सार्वजनिक पार्क, वन, कृषि तथा सुरक्षित क्षेत्रको पहिचान गरी कार्यान्वयनमा ल्याइनेछ ।

पोखराभित्र मेट्रो रेल सञ्चालनको सम्भाब्यता अध्ययन गरिनुका साथै पोखरा लुम्बिनी फास्ट ट्रयाककोसम्भाव्यता अध्ययन गरिने छ ।

 अन्नपूर्ण पदमार्गलाइ विश्वकै उत्कृष्ट पदमार्गको रुपमा निर्माण तथा विकासका लागि सहकार्य तथा समन्वय गरिने छ ।

कमेन्टहरु
Loading...