पोखराको तीन ठाउँमा (bomb) बम, विजयपुर पुलमा प्रसेर कुकर बम

पोखरा, १० असार /पोखराका तीन ठाउँमा बम भेटिएको छ । पोखराको विजयपुरको पुल पारी ओरालोमा प्रेसरकुकर बम फेला परेको हो ।

बमलाई नेपाली सेनाको टोलीले डिस्पोजको तयारी गरीरहेको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले प्रसेरकुकर बम भेटिएको ठाउँलाई सुरक्षा राखेको छ । त्यसै गरि पोखरा महानगरपाकिला लेखनाथको हमाल चोकमा भटिएको सकेट बम सेनाले डिस्पोज गरेको छ ।

त्यसै गरी पोखरा १७ ड्यामसाइडमा पनि शंकास्पद बस्तु भेटिएको प्रहरीले जानकारी दिएको छ । विप्लव माओवादीले कार्यकर्ताको हत्या भएको भन्दै नेपाल बन्दको आवाहन गरेको छ ।

नेपाल बन्दका कारण सार्वजनीक बस सञ्चालनमा नआए पनि नीजि सवारी साधन भने संचालनमा आएका छन् । स्कुल केलज, पसल र कलकारखना भने बन्द छन् ।

कमेन्टहरु
Loading...