पोखराको दुई ठाउँमा शंकास्पद बस्तु भेटियो

पोखरा, १७ कार्तिक / पोखराको दुई ठाउँमा शंकास्पद बस्तु भेटिएको । पोखरा १७ विरौटा र तालचोकमा शंकास्पद बस्तु भेटिएको हो ।

तालचोकमा विहान भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो । त्यस लगतै विरौटाको सञ्चयकोष भवन अगाडी मुख्य सडकमै शंकास्पद बस्तु भेटिएको हो ।

तालचोकमा भेटिएको शंकास्पद बस्तु बम नभएको सेनाले पुष्टी गरेको छ । त्रसित बनाउनका लागि मात्रै शंकास्पद रुपमा रातो टेप बेरेर राखिएको र त्यसभित्र बम नरहेको सेनाले जनाएको हो ।

विरौटामा पनि त्यस्तै हुनसक्ने अनुमान छ । शंकास्पद बस्तु कसले राखेको भन्ने एकिन छैन ।

कमेन्टहरु
Loading...