पोखराको विजयपुर खोलाको डाइभर्सन फेरी बगायो, मालाबाहक सवारी आवागमन बन्द

पोखरा, ५ साउन /पोखरा महानगरपालिका वडा नम्बर १४ र २६ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुरमा रहेको विजयपुर खोलाको डाइभर्सनमा शनिबार राती आएको बाढीले क्षति पुगेको छ । डाइभर्सनमा क्षति पुग्दा मालावाहक सवारी आवागमन बन्द भएको छ ।

डाइभर्सन भन्दा माथिसम्म बाढी बगाउदा मालबाहक सवारी साधानहरुको आवागमन ठप्प भएको हो । विजयपुर पुलको फलाम चर्किएका कारण १० टनमाथि भार भएका सवारीलाई सोही ठाउँबाट आवतजावत गराउँदै आइएको थियो । अहिले पोखरा भित्रनै सयौं ट्रकहरु अलपत्र परेका छन् ।

पानीको सतह घटेपछि डाइभर्सन मर्मत गरेपछि मात्र सवारी आवागमन सूचारु गर्ने तयारी गरेको छ । यसअघि पनि बाढीले गर्दा डाइभर्सनमा राखिएका ह्युम पाइप बगाएको थियो । अहिले भने ह्युम पाइप नबगाए पनि डाइभर्सनमा भने क्षति पुगेको छ ।

विजयपुरमा रहेको पक्की पुलको सर्पोटमा रहेका फलामका पत्ता चर्केपछि लोड गाडीहरुलाई डाइभर्सन हुँदै जाने व्यवस्था मिलाइएको थियो । पुल मर्मतको काम हुन सकेको छैन । हलुका यात्रुबाहक सवारी साधन सोही पुल हुँदै आवागमन गरिरहेका छन् ।

पुलको विकल्पका रुपमा बेलीव्रिज निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । असार मसान्तसम्ममा बेलिव्रिज निर्माण कार्य सम्पन्न गर्ने भनिए पनि साउन ५ गतेसम्म पनि पुल तयार भएको छैन ।

कमेन्टहरु
Loading...