पोखरामा वडा तहमै विवाद समाधान गर्न मेलमिलाप केन्द्र

पोखरा १ पुस / पोखरा महानगरपालिकाले वडा तहमै विवाद समाधान गर्ने उद्देश्यले वडामा मेलमिलाप केन्द्र स्थापना सुरु गरेको छ । वडाभित्र हुने विवादलाई वडा तहबाटै समाधान गर्ने गरि महानगरको न्यायिक समितिले मेलमिलाप केन्द्र स्थापना गरेको हो ।

पोखरा महानगर न्यायिक समितिले आइतबार वडा नम्वर ७ बाट मेलमिलाप केन्द्र स्थापना सुरुवात गरेको हो । पोखरा महानगरका कार्यबाहक प्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले मेलमिलाप केन्द्रको उद्घाटन गरिन् ।

उनले वडा तहमा हुने विवादलाई वडा तहबाटै समाधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको बताइन् । वडाभित्रका विवाद मिलाउने जिम्मा अव वडा भित्र रहेका मेलमिलापकर्ताको जिम्मा लगाएका छौ उनले भनिन्,‘विवाद समाधानमा सहज हुने छ ।’ उनले स्थानीय तहमा हुने विवादलाई स्थानीय तहमै समाधान गर्ने उद्देश्यले न्यायिक समिति गठन भएको बताइन् ।

कार्यक्रममा महानगर न्यायिक समितिका उजुरी प्रशासक नारायण शर्मा र अभिलेख संरक्षक राममणी अधिकारीले न्यायिक समितिको कार्यक्षेत्र, न्यायिक समितिले निरुपण गर्ने विवाद, मेलमिलापकर्ता छनोटका आधार लगायत न्यायिक समितिसग सम्वन्धि विषयमा जानकारी गराएका थिए । मेलमिलापकर्ता समाज कास्कीका अध्यक्ष सोम श्रेष्ठले मेलमिलाप मार्फत विवाद समाधान हुदाँ मन माझिने बताए ।

उनले मुद्धा मार्मिलाबाट कटुता हुने भएकाले मेलमिलापबाट दुवैले जित्ने बताए । कार्यक्रममा न्यायिक समिति सदस्य किशोर बरालले कार्यक्रमका बारेमा जानकारी गराउदै पोखराका ३३ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरिने बताए । कार्यक्रम वडा नम्वर ७ का अध्यक्ष रामचन्द्र बरालको अध्यक्षतामा भएको थियो भने संचालन महानगर कानुन महाशाखाका सोम लम्सालले गरेका थिए ।

पोखरा महानगरको न्यायिक समितिले पछिल्लो समय गति लिएको छ । ८८ जना मेलमिलाकर्ता छनोट गरेको छ । वडामा मेलमिलापक केन्द्र स्थापना गर्न तिन जना मेलमिलापकर्ता हुनेपर्ने ब्यवस्था रहेको छ । वडा नम्वर ७ मा कल्पनाकुमारी भण्डारी, केशवराज बराल,लिलाबल्लौ न्यौपाने मेलमिलापकर्तामा सुचिकृत भएका छन् । उनीहरुलाई कार्यक्रममा मेलमिलापकर्ताको परिचयपत्र, डायरी र कलम न्यायिक समितिका तर्फबाट संयोजक मञ्जुदेवी गुरुङले हस्तान्तरण गरिन् ।

्महानगले न्यायको पहुँच घर घरमा पु¥याउँने उद्देश्यले न्यायिक समिति गठन गरि मेलमिलापकर्ता छनोट गदै मेलमिलाप मार्फत विवाद समधान गरिरहेको छ । मेलमिलापकर्तालाई सूचिकृत भएको पत्र हातमा थमाए लगत्तै विवाद समाधानका लागि अगाडी बढेको समितिले महानगरमा पनि मेलमिलापकर्ता मार्फत विवाद समाधान, इजालसबाटै छलफल, सुनुवाई र आदेश सुरु गरेको महानगरले अव वडाबाटै विवाद समाधानका लागि मेलमिलापक केन्द्र स्थापनाको काम अगाडी बढाएको हो ।यसैवीच उपप्रमुखसंग महिला कार्यक्रम बारे वडा नम्वर ७ का महिलाहरुसंग आइतबार छलफल भएको छ । महिलाका लागि उपप्रमुखसंग महिला कार्यक्रमले ल्याएको कार्यक्रम र योजना बारे छलफल भएको थियो ।

कमेन्टहरु
Loading...