पोखरामा बर्षा, ठाउँ ठाउँमा बाढी र पहिरो

पोखरा, ३१ भदौ / पोखरामा सोमबार राति परेको पानीका कारण ठाउँ ठाउँमा बाढी र पहिरो गएको छ । पोखरा महानगरपालिका २४ पामे स्थित राति परेको अबिरल वर्षाको कारण कुल बहादुर श्रेष्ठले संचालन फार्म हाउसमा क्षती पुगेको छ ।

उनले सन्चालन गरेको आनन एण्ड अजना कृषि फार्ममा पालिएका गिरीराज जातका १ सय ५० वटा कुखुरा, बोईलर जातका २२ वटा र टर्की जातका ५० वटा कुखुरा मरेको छन् । त्यसै गरि विभिन्न फर्निचरका सामानहरुमा समेत क्षति भएको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका २४ पामे स्थित ठाडो लाईन बस्ने टंक बहादुर खड्काले संचालन गरेको समाज सुधार कृषी फर्ममा राती परेको अबिरल वर्षातको कारण सोही स्थान स्थित रहेको हर्पन खोलाको पानीको वाहव बढ्न गई पानी पस्न जादा उक्त फर्ममा रहेको १५० वटा बोईलर कुखुरा मरेका छन् । त्यसै गरि उनले सोहि ठाँउमा पोखरी बनाई माछा पालन गरेकोमा उक्त माछा मध्ये केही माछा पानीले बगाएको छ ।

अबिरल बर्षाको कारण अन्नपुर्ण गाउँपालिका ४ प्रेम बस्ति स्थित वर्ष ६० को चेतनाथ सुबेदीको ढुङ्गा माटोले बनेको २ तले कच्चि घरको पछाडि पट्टी रहेको बारिको कान्ला भत्किन गई दक्षिण पट्टिको कोठाको गाह्रो भत्कीएको छ । घरको धुरिको बलो भाँचिएको, घरको पछाडिको गाह्रो चर्किन गई घर जोखिममा परेको छ ।

अन्नपुर्ण गाउँपालिका कै ११ घान्द्रुक बस्ने वर्ष ४५ को सागर क्षेत्रीको घर पछाडीबाट वर्षाको कारण पहिरो आई निजको घरको पछाडीको गारो भत्कदाँ निज सागर क्षेत्री घाईते भई भएका छन् ।

कमेन्टहरु
Loading...