पोखरा विमानस्थल गर्ने पर्यटनमन्त्री पोखरामा, ४५ प्रतिशत काम सकियो

पोखरा, ११ भदौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरामा ८ घण्टा विताएर फर्किएका छन् ।

आठ घण्टामा पोखरामा निमार्ण भईरहेको पोखरा अन्तराष्ट्रिय विमानस्थल, फेवाताल, पर्यटन बोर्ड गण्डकीको कार्यालय, तारा गाउँ रिसोर्टको अवलोकन गरे भने र पोखराका पर्यटन व्यवसायी सगँ करिब दुई घण्टा छलफलमा जुटेका छन् ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलको निरीक्षण गरे पछि कामको प्रगती राम्रो रहेका बताए । मन्त्री बनेपछि पहिलो पटक पोखरा आएका भट्टराईले विमानस्थलको भौतिक र वित्तीय प्रगतिको बारेमा बुझेपछि विमानस्थलको फिल्ड निरीक्षण गरे । उनले सबै तहका सरकारले समन्वय गर्ने र विमानस्थलको काम रोकिन नहुनेमा उनले जोड दिए ।

मन्त्री भट्टराईले पनि समय अगावै निर्माण सकेर उदाहरण हुन निर्देशन दिए । नेपालमा ठूला आयोजनाहरु काम नभएर रोकिरहँदा नेपालमा कामै हुँदैन भन्ने सन्देश गएको भन्दै उनले त्यसलाई चिर्नुपर्ने बताए ।

उनले अहिलेका प्रगती हेर्दा ६ महिना अगाडी नै सक्ने बताउदै समय अगाडी सकेमा रथमा चढाएर पोखरा परिक्रमा गराउन पोखरा महानगरपालिकालाई तयारी गर्ने निर्देशन दिए । उनले ६ महिना पहिले सकिदा नेपाल छिटो काम हुर्दैन भन्ने भ्रम समेत हट्ने बताए ।

आयोजना प्रमुख विनेश मुनाकर्मीले विमानस्थलको अहिले सम्म ४५ प्रतिशत काम सकिएको जानकारी दिए । धमाधम निर्माण कार्य भइरहेको र समयभन्दा ६ महिना अगाडि नै काम सम्पन्न हुने उनको दाबी छ ।

अहिले सम्म कामका करिब ७ अर्व रुपैया चिनिया कम्पनीलाई दिइसकेको बताए । उनले नेपाल सरकारको तर्फबाट पनि करिब ३ अर्व रुपैयाको काम अन्य काम भएको बताए । उनले अहिले रनवे सकिसेको, टमिनल भवन, टावर लगाएतका निर्माणको काम धमाधम भईरहेको उल्लेख गरे ।

पर्यटनमन्त्री भट्टराईले पोखरा आउने भएपछि विमानस्थल निर्माणका विषयमा स्थानीय सरोकारवालादेखि जिल्ला तहका नेता, प्रदेश सांसद र प्रदेशका मन्त्रीहरुलाई छलफलका लागि बोलाएका थिए ।

स्थानीयबासीले विमानस्थल रोजगारी र विकासका काम नगरेको, मुआब्जा नपाएको, विमानस्थलकै कारण सिँचाइको समस्या भएको र पटक पटक बिस्थापित हुनुपरेको गुनासो गरेका थिए । २१ अर्ब लागतमा पोखरा अन्तर्र्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी सीएमसीले पाएको थियो । सन् २०२१ जुलाई १० भित्र काम सकेर हस्तान्तरण गर्ने सम्झौतामा छ ।

कमेन्टहरु
Loading...