पोखरामा दिउसै अँध्यारो, केहि बेर असिना पानी

पोखरा, १७ चैत /पोखरामा करिब साढे ३ बजेको थियो । सुर्यको प्रकाशलाई बादलले छेकेपछि पोखरामा दिउँसै अध्यारो बन्यो ।

अध्यारो बन्दै पोखरा र आसपासको क्षेत्रमा पानी र असिना प¥यो । पोखराका अधिकांश ठाउँमा असिना सहित पानी परेको स्थानीयले बताएका छन् ।

पोखरामा दिनहुँ असिना पानी, करिब १० करोडको क्षेती

जल तथा मौसम विज्ञान विभागले दुई दिन पहिले देखी नै देशभर मेघगर्जन सहित पानी पर्ने बताएको थियो । दिऊसै अँध्यारो भएपछि सडकमा सवारीहरु दिउँसो बत्ती बालेर गाडि चलाएका थिए ।

असिना पानीले पोखराका विभिन्न क्षेत्रमा बालीनालीलाई सामान्य क्षेती गरेको छ । असिना पानी करिब १० मिनेट सम्म परेको थियो ।

पोखरामा दिउसै अँध्यारो, केहि बेर असिना पानी

पोखरामा दिउसै अँध्यारो, केहि बेर असिना पानी

Posted by Ganthan.com on Sunday, March 31, 2019

कमेन्टहरु
Loading...