पोखरा र स्याङजामा सवारी दुर्घटना

पोखरा, २५ चैत /पोखरा र स्याङजामा भएका छुटाछुट्टै दुर्घटामा परेर ५ जना घाइते भएका छन् । पोखरा महानरपालिका २५ हेम्जा तुल्सीघाट स्थितमा घाचोकबाट पोखरा तर्फ आउँदै गरेको जिप दुर्घटना हुदाँ ३ जना घाइते भएका छन् ।

ग १ ज ५१५८ नम्बरको दुध बोक्ने जिप आँफै अनियन्त्रीत भई सडक देखी अन्दाजि ५० मिटर तल खस्दा जिपमा सवार चालक सहित ३ जना घाईते भएका हुन् । उनीहरुको पोखराको फिस्टेल अस्पताल उपचार भएको छ ।

त्यसै गरि स्याङजोको पुतलीबजार नगरपालिका १४ स्थित भित्री सडक खण्डमा दुर्घटना भएको छ । ग १ ख ४५२३ नम्बरको बस आफै अनियन्त्रित भई सडकमा पल्टिदा २ जना घाईते भएका छन् ।

घाइते हुनेमा पुतलीबजार नगरपालिका १४ खर्सु बस्ने वर्ष ८४ की धन माया गुरुङ र वर्ष ५० की जमुना गुरुङ रहेका छन् । घाईतेहरुको पोखराको मणिपाल अस्पताल उपचार भएको छ ।

कमेन्टहरु
Loading...