पोखरा र नौ डाडाँमा बम भेटियो, नेपाली सेनाले निस्किय पार्दै

पोखरा, १३ जेठ/पोखराका दुई ठाउँमा बम भेटिएको छ । पोखराको सृजनाचोक र फिर्केचोकको विचमा कुकर बम भेटिएको त्यसलाई नेपाली सेनाको टोलीले निस्किय पार्न लागेको स्थानीय बताएका छन ।

आइतबार साझँ नै भेटिएको भएपनि रातीमा डिस्पोज गर्दा स्थानीय ससंकित हुने भन्दै अहिले विहान नेपाली सेनाको बम डिस्पोजल टोली आएको हो ।

एनसेलको कार्यालय नजिकै रहेको कुकुर बमलाई प्रहरीले राती देखीनै सुरक्षा दिएर राखेको थियो । त्यसै गरि कास्की नौडाडामा पनि शंकास्पद बस्तु भेटिएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयले शंकास्पद बस्तु भेटिएको छ भनेर खबर गरेका छन् बम भएको नभएको अनुसन्धान हुदै गरेको बताएका छन् ।

विप्लव माओवादीले कार्यकर्ता हत्या गरेको भन्दै जेठ १३ गते नेपाल बन्दको आवाहन गरेको छ ।

कमेन्टहरु
Loading...