पोखरा विमानस्थलको शिलन्यास बैशाख ८ गते

पोखरा, १७ चैत /पोखरा विमानस्थलको शिलन्यास बैशाख ८ गते हुने भएको छ । ४० वर्ष देखिको पोखरा बासीको सपना पुराहुने ८ गतेको शिलन्यास पछि हुने छ ।

पोखरा विमानस्थलके शिलन्यास प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका स्वकिय सचिब रमेश आचार्यले बताएको एमालेका युवा नेता इमान पौडेलले फेसबुकमा लेखेका छन् ।

उनका अनुसार पोखरामा बैशाख ८ गते तिनवटा कार्यक्रम तय भएका छन् । उनका अनुसार पोखरा बिश्वबिद्धालय को दिछान्त समारोह, पुरुन्चौरको कृषि कलेज को उद्गघाटन र भबन को शिलान्यास र पोखरा अन्तर्राष्ट्रिय बिमान स्थल को शिलान्यास हुने छ ।

नेपाल सरकार का प्रधानमन्त्री के पि ओलि जि बैशाख 8 गते पुरुन्चौर आउने लगभग पक्का मेरो मित्र प्रधानमन्त्री का स्वकीय सचीव रमेश आचार्य का अनुसार पोखरा आउने र 3वटा प्रोग्राम मा सहभागी हुने कारेक्रम छ!1)पोखरा बिश्वबिद्धालय को दिछान्त समारोह 2)पुरुन्चौर को कृषि कलेज को उद्गघाटन र भबन को शिलान्यास 3)पोखरा अन्तर्राष्ट्रिय बिमान स्थल को शिलान्यास हुने भाको छ

कमेन्टहरु
Loading...