पोखरा अन्तराष्ट्रिय विमान स्थलमा विमान अवतरण र उडानका लागि २५ मिटर डाँडा काट्नुपर्ने

पोखरा, २३ जेठ /पोखरा निर्माण भई रहेको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलमा जहाज अवतरण र उडानका लागि पोखरामा २६ मा रहेको एउटा डाडाँ करिब २५ मिटर काट्नु पर्ने भएको छ । जहाज उडान र अवतरण पोखरा २६ मा रहेको रिठ्ठेपानी डाँडा २५ मिटर काट्नुपर्ने भएको हो ।
डाँडा काट्नका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको पोखरा विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । उनका अनुसार डाडाँ काट्न जग्गा धनिनै तयार भएका छन् । उनीहरु आफैले काट्ने तयारी गरको बताए ।

स्थानीले नेपाल सरकार, पोखरा महानगरपालिका सबै तिरबाट अनुमति लिएर डाडाँ काट्ने बताए । उनले करिब ४ सय रोपनी क्षेत्रफलको डाँडा काट्नुपर्ने बताए । पोखरा विमानस्थलको अहिले सम्म करिब ३८ प्रतिशत काम सम्पन्न भईसकेको छ भने रन–वे पनि सकिएसको छ ।

कमेन्टहरु
Loading...