पोखरा विमानस्थलको रन–वे सकिए पछि यस्तो देखीयो (फोटो र भिडियो)

पोखरा, ६ बैशाख /पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रन–वे र ट्याक्सी–वे को निर्माणको काम सकिएको छ । २५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रन वेमा ढलान गरिएको हो ।

अन्य विमानस्थलमा पिच गर्ने गरिए पनि पनि पोखरामा पहिलो पटक रन वेमै ढलान गरिएको हो । यो रन वेमा ३० वर्षसम्मको वारेन्टी रहेको छ । निर्माण कार्य थालेको करिब १५ महिनामा विमानस्थल रन–वे निर्माणका काम सकिएको निमित्त आयोजना प्रमुख कृष्ण पौडेलले बताए ।

पोखरा विमानस्थलको रन–वे सकिए पछि यस्तो देखीयो
पोखरा विमानस्थलको रन–वे सकिए पछि यस्तो देखीयो

विमानस्थलको एप्रोन निर्माण भइसकेको छ भने मुख्य टर्मिनल भवनको काम धमाधम भएको पौडेलले बताए । सन् २०२१ को जुलाइभित्र निर्माण सकिसक्ने लक्ष्य भएपनि सन् २०२० को डिसेम्बर भित्रै पोखरा विमानस्थलको काम सकिने बताए ।

अहिले विमानस्थलको टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओलेने स्थान), ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम भईरहेको उनले बताए । सन् २०१९ भित्र ६० प्रतिशत भन्दा बढि काम सकिने र सन् २०२० भित्र सबै काम सकिने उनले बताए । अहिले सम्म विमानस्थलको ३५ प्रतिशत काम सकिएको छ ।

पोखरा विमानस्थलको रन–वे सकिए पछि यस्तो देखीयो
पोखरा विमानस्थलको रन–वे सकिए पछि यस्तो देखीयो

अहिले चिनियाँ २ सय जना र नेपाली २ सय ५० जना गरि ४ सय ५० जनाले नियमीत रुपमा काम गरिरहेको पनि उनले बताए । उनले चैत महिना सम्ममा रन वे सम्पन्न भईसक्ने बताए । पोखरा अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्ने छ । टर्मिनल भवनमा वार्षिक ५ लाख क्षमताको हुने छ ।

पोखरा विमानस्थलको रन–वे सकिए पछि यस्तो देखीयो
पोखरा विमानस्थलको रन–वे सकिए पछि यस्तो देखीयो

पोखरा महानगरपालिका वडा नम्बर १४ मा पर्ने जमिनमा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम गरिरहेको छ । विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो ।

झन्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । अन्तराष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मादण्ड अनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् ।

कमेन्टहरु
Loading...