पोखरामा अन्तराष्ट्रिय विमानस्थलको शिलन्यास

सागर राज तिमिल्सिना
पोखरा, १ बैशाख/पोख्रलीको चालिस वर्ष देखिको विमानस्थल सपनाको काम अगाडी बढेको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलको प्रधानमन्त्री केपी ओलीले शिलन्यास गरे । पोखरामा भएको एक भव्य कार्यक्रमका बिच प्रधानमन्त्रीले शिलन्यास गरेका हुन् । कार्यक्रममा अहिले सम्बोधनको क्रम चलिरहेको छ ।

पोखरामा अन्तराष्ट्रिय विमानस्थलको शिलन्यास
पोखरामा अन्तराष्ट्रिय विमानस्थलको शिलन्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न राजनीतिक दलका प्रमुखहरु सहित चिनियाँ उच्च स्तरिय प्रतिनिधि मण्डलको उपस्थिति रहेको छ । कार्यक्रमको लागि पोखरेलीहरुले विभिन्न जातजातिका भेषभुषा र वाजागाजा तथा झाकी सहितको र्याली निकाल्दैछन् । पोखराको अमरसिंहचोक मैदानमा जम्मा भएर र्याली शिलान्यास स्थालमा पुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चैत्र ८ गते अर्थमन्त्री विष्णु पौडेल र चिनियाँ समकक्षीवीच विमानस्थल सम्बन्धी ऋण सम्झौतापत्रमा हस्ताक्षर भएपछि पोखरामा अन्तरर्राष्ट्रिय विमानस्थल शिलान्यास भएको हो । पोखराको छिनेडाँडामा विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी सीएएमसी इञ्जिनियरिङसँग २०७१ जेठ ८ गते नै ठेक्का सम्झौता भएको थियो । पोखरा विमानस्थल निर्माणका लागि २१ करोड ७० लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । चीनको एक्जिम बैंक सस्तो ब्याजदरमा सहुलियत ऋण दिन तयार भएको छ ।

ठेक्का सम्झौता अनुसार विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे, एप्रोन, अन्तराष्ट्रिय र आन्तरिक टर्मिनल बिल्डिङ, एयर ट्राफिक कन्ट्रोल टावर, कार्गो टर्मिनल बिल्डिङ, एयरपोर्ट हृयांगरलगायत निर्माण हुनेछन् ।पोखरामा विमानस्थल निर्माणका लागि ४० वर्षअघि नै ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । विमानस्थलमा ४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लम्बाइको धावनमार्ग हुनेछ । यसमा बोइङ ७ सय ५७ आकारसम्मका जहाज उडान अवतरण गर्न मिल्ने बताइएको छ । यो विमानस्थल सन् २०१७ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजना प्रमुख प्रदिप अधिकारीका अनुसार विमानस्थलको लागि आवश्यक थप ५ सय २१ रोपनी जग्गामा ४ सय ६० रोपनी अधिग्रहण गरिसकिएको छ । जग्गा अधिग्रहण र मुआव्जा वितरणको काम ९० प्रतिशत भन्दा बढी सकिएको छ ।

सिलन्यास कार्यक्रमका लागि प्रधानमन्त्री सहित राजनैतिक दलका शिर्ष नेताहरुको उपस्थित रहको छ । कार्यक्रममा सम्बोधन गदै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले बेला बेलामा राजनैतिक परिर्वन भए पनि जनताले आर्थिक उन्नती नहुदा राजनैतिक आन्दोलन भएको बताए ।

उनले आर्थिक उन्नतीका लागि सरकारले अगाडी बढ्ने बताए । त्यसै गरि नेपाली काग्रेसका नेता संशाक कोइरालले ५ वर्षमा नेपाली विकासमा फड्को मार्ने बनाए । उनले काग्रेस प्रतिपक्षमा बसेपनि विकासका काममा विरोध नगर्ने बताए । त्यसै गरि अर्थमन्त्री विष्णु पौडेलले पोखरामा अन्तराष्ट्रिय विमानस्थल बादा अवरोध नभएमा ४ वर्ष भित्रैमा सकिने बताए । त्यसै विमानस्थल शिलान्यासको लागि संसदको विकास समिति सभापति एबं विमानस्थल निर्माण उच्चस्तरिय सहयोग समितिका संयोजक रविन्द्र अधिकारीले विमानस्लतको निमार्ण पोखरामा १५ प्रतिशत पर्यटक बढ्ने र पोखरा ६ गुणाले बृद्धि हुने बताए ।

कमेन्टहरु
Loading...