पोखरामा असिना पानी, तरकारी बालिमा क्षती

पोखरा, १६ बैशाख/पोखरामा सोमबार दिऊसो परेको असिना पानीले तरकारी बालिमा क्षती पु¥याएको छ । असिना पानीबाट पोखरा ६, ७ र अन्य असिनाले पानीले तरकारी बालि र फलफुलमा क्षती पु¥याएको हो ।

पोखरा ७ कि पार्वती तिमिल्सिनाले असिनाले पानी तरकारी खेती र मकैमा समेत क्षती पु¥याएको बताइन् । उनले बारीमा लगाएको काक्रो, घिरिम्लो, लौका, गौलभेडा, सिमि लगाएतका तराकारी खेती ध्वस्त पारेको बताइन् । त्यसै गरी बारीमा लगाएको मकैमा समेत क्षती पु¥याएको बताइन् ।

त्यसैगरि पोखरा ६ लेकसाइडकी पम्फा पहारीले असिनाले तरकारी बारीमा क्षती पु¥याएको भन्दै फेसबुकमा फोटो सहित पोस्ट गरेकी छन् । सोमबार दिऊसो ३ बजे देखी असिना पानी परेको थियो । साझँ सम्म पानी परे पनि असिना केही समय परेको थियो ।

असिनाले कति क्षती पु¥यो भन्ने जानकारी भने आएको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपि रविन्द्र गुरुङले असिनाले क्षती गरेको भन्दै कसैले पनि प्रहरीमा जानकारी नदिएको बताए ।

पोखराका लेकसाइड, सभागृह, महेन्द्रपुल, पृथ्वीचोक, विरौटाचोक, नयाँबजार, न्यूरोड लगायत क्षेत्र जलमग्न भएका थिए । उचित ढल व्यवस्थापन हुन नसकेका कारण पार्किङ गरी राखिएका स्कुटर तथा मोटरसाइकलमा परेका थिए ।

कमेन्टहरु
Loading...