पोखरेलीलाई एनिमेशनको संसारमा रम्ने मौका

एनिमेशन के हो ? 

रञ्जन अधिकारी
पोखरा, २६ पुस/टेलिभिजनमा अधिकांश बालबालिकाको रोजाई नै ‘कार्टुन च्यानल’ हो । कार्टुन हेर्दा बालबालिकाहरु काल्पनिक दृश्यमा आफूलाई समाहित गर्दै कथाकै पात्र अनुभूत गर्छन् । कल्पनामा मात्रै सीमित रहने जीव र एकादेशका जस्ता लाग्ने पृष्ठभूमिका दृश्यहरु कथाशैलीमा अगाडि बढ्दै जाँदा बालबालिका मात्र होईन हरेक मानिसलाई रोमाञ्चक महसुस पक्कै हुन्छ । त्यसैले त, पछिल्लो पुस्ताले रुचाएका कारण विश्वमा एनिमेटेड सिनेमा बन्नेक्रम पनि तीव्र गतिमा बढेको छ । aims3dmegaplus_325रंगबजारमा अहिले निकै नै चर्चा छ, हिन्दी फिल्म धुम ३ ले नेपालमा दुई सातामै ६ करोड कमायो । बलिउडमा सबैभन्दा बढि कमाई गर्ने धुम ३ लाई हावा फिल्मको संज्ञा दिँदै सामाजिक संजालमा असन्तुष्टिका शब्द पनि पोखिए । अधिकांश एनिमेशन प्रविधिबाट राखिएका दृश्यले फिल्म हावा बनेको तथ्यलाई नकार्न सकिन्न । निकै ठूलो बजेटमा बन्ने सिनेमाहरू एनिमेटेड नै हुने गरेका छन् । थ्रीडी फिल्म अवतार लगायत क्रिश ३, धुम ३ जस्ता एनिमेटेड प्रविधि प्रयोग गरिएका फिल्महरुले बजार तताउँदा एनिमेशन प्रविधि के ? कस्तो ? चासो युवा मनहरुलाई निश्चय नै छ ।

छिमेकी मुलुकहरुमा एनिमेशनको बजार निकै विस्तार भइसकेको अवस्थामा यो प्रविधिले पछिल्लो समय नेपालमा पनि प्रभाव बढाउँदैछ । खर्च तथा जनशक्तिका कारणले पनि टेलिभिजन विज्ञापन, चलचित्र तथा भिडियो गेम निर्माण गर्न एनिमेशनको प्रयोग राम्रो माध्यमका रूपमा विकास भएको छ । अन्तर्राष्ट्रिय स्तरका एनिमेटेड दृश्यहरु नेपालकै एनिमेटरहरुले निर्माण गर्न सक्ने भईसकेका छन् । काठमाण्डौंमा माया एनिमेशन एकेडेमी, रेन मेकर्स एनिमेशन एकेडेमी, ब्ल्याक बक्स एनिमेशन एण्ड भीएफएक्स एकेडेमी, इन्सेसेण्ट रेन एनिमेशन स्टुडियोज, एक्लिप्स एनिमेशन एकेडेमी लगायतले एनिमेशन सम्बन्धी कोर्स प्रदान गर्दै आएको छ ।

एनिमेशन एकेडेमीहरु काठमाण्डौंमा मात्र केन्द्रित रहँदा माया एनिमेशन एकेडेमीले भने पोखरामा पनि सेवा विस्तार गरेको छ । विगत नौ वर्षदेखि एनिमेशन सम्बन्धी तालिम दिँदै आएकोे सो एकेडेमीले पोखराका युवाहरुको उत्साहप्रद सहभागिताका कारण पोखरामै एकेडेमी संचालन गर्ने भन्दै करीब २५ लाख लागतमा मुलुकमै पहिलो पटक यहाँ शाखा स्थापना गरेको प्रबन्ध निर्देशक ईन्द्रलाल बलामीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय स्तरको गुणस्तर र कम खर्चमा उपलब्ध हुने भएपछि विदेशबाट समेत नेपाली एनिमेटरकै माग हुने गरेको बलामी बताउँछन् । ‘विभिन्न गैरसरकारी संस्था, विदेशी विज्ञापन एजेन्सीले समेत एनिमेटरको माग गर्छन् । तर, अझै हामीले उपलब्ध गराउन सकिरहेका छैनौं ।’ बलामीले भने – ‘आन्तरिक बजार सानो रहेकाले ठूला लगानीकर्ता भित्रिन सकेका छैनन् र एनिमेशन प्रविधि प्रयोगबाटै विज्ञापन बनाउन खर्च गर्ने मान्यता नरहेकाले पनि नेपाली एनिमेटरहरु आउटसोर्सङि (विदेश निर्यात) मा निर्भर रहनुपरेको हो ।’ यद्यपि, विश्वव्यापी माग अनुसार एनिमेशनसम्बन्धी सचेतना विस्तारै बढ्दै जाने भएकाले आन्तरिक बजारमै एनिमेशनको खपत हुनेमा बलामी विश्वस्त छन् ।

नौ वर्षको अवधिमा करीब ७ सय कुशल एनिमेटरहरु उत्पादन गर्न सकेको र उनीहरु अन्र्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्षम भएकाले यसको सकारात्मक व्यावसायिक भविष्य भएकाले नै पोखरा रोजेको बलामीले प्रष्टाए । ‘हाम्रो लक्ष्य नै थ्री डी एनिमेशन, भिज्युअल ईफेक्ट्स र गेम डिजाईनिङमा एनिमेशन ईन्डस्ट्रीका लागि दक्ष जनशक्ति प्रदान गर्ने हो ।’ उनले भने ‘विज्ञापन, टेििभजन, फिल्म र गेमिङ उद्योगहरुमाझ थ्रीडी एनिमेशन र भीएफएक्सको ज्ञान लिने अवसरहरु प्रदान गर्दै आईरहेका छौं ।’

पोखराको गैह्रापाटनमा कार्यालय स्थापना गरेको एकेडेमीले छ महिना देखि २ वर्ष सम्मका एमिनेशन सम्बन्धित तालिमहरु प्रदान गर्नेछ । डिप्लोमा ईन डिजीटल एनिमेशन एण्ड भिजुएल ईफेक्ट्स, एड्भान्स डिप्लोमा ईन थ्री डी एनिमेशन, भिजुएल ईफेक्ट्स एण्ड गेम डिजाईन, डिप्लोमा ईन डिजाईन एण्ड मल्टीमिडिया लगायत अन्य कोर्षहरु गर्न सकिनेछ । ‘यो कोर्सका लागि काठमाण्डौं गईरहनुपर्दैन । काठमाण्डौंकै प्रशिक्षकहरुबाट पोखरामा समेत सिक्ने व्यवस्था मिलाएका छौं ।’ बलामीले थपे– ‘जीरो लेभलदेखि नै एडभान्स लेभलसम्मका कोर्र्सहरु संचालन हुनेछन् ।’ एनिमेशनसम्बन्धी बेसिक कोर्र्सका लागि करीब डेढ लाख तथा एडभान्स कोर्स पूरा गर्न औसत २ लाख ५० हजार रुपैयाँ खर्च लाग्छ । अध्ययन पूरा गरेका सृजनशील क्षमताका व्यक्तिले मासिक औसत ५० हजारदेखि ५ लाख रुपैयाँसम्म पनि आम्दानी गरिरहेको बलामी बताउँछन् ।

यसैबीच, नयाँ वर्ष २०१४ सँगै पोखरामा शाखा विस्तार गरेको माया एकेडेमीले यही शनिबार ‘फ्रि सेमिनार’ आयोजना गर्दैछ । पोखरा उद्योग वाणिज्य संघको अमृत हलमा हुने सेमिनारमा एकेडेमीले संचालन गर्ने कोर्सहरुबारे जानकारीका साथै पोखरेली विद्यार्थी, युवाहरुलाई एनिमेसन सम्बन्धी विशेष जानकारी प्रदान गरिने संचालक मनोज श्रेष्ठले जनाए ।

यस्तै, सेमिनारमा सहभागीहरुलाई आफूहरुले निर्माण गरेका साथै नेपाली एनिमेटरहरुद्वारा तयार गरीएका एनिमेटेड मुभिज समेत प्रदर्शनी गर्ने र निर्माण विधिबारे जानकारी दिने अर्का संचालक अमन तामाङले जानकारी दिए । पोखरा शाखाकै संचालक मायाँ कुँवरका अनुसार सेमिनारको समयमा अध्यनका लागि नाम दर्ता गराएमा पूर्ण कोर्समा ५ प्रतिशतका छुट र अग्रिम भुक्तानी गर्नेलाई २० प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ ।

एनिमेशन के हो ? 

तस्वीरहरूको निरन्तर संयोजनबाट विकसित हुने चलायमान प्रस्तुति नै एनिमेशन हो । धेरै तस्वीरहरूलाई एकअर्कामा जोडेर गतिशील बनाइन्छ । विभिन्न प्रक्रिया पूरा गरी तस्विरहरुलाई पूर्ण एनिमेशन बनाईन्छ । जस्तै, चलचित्र, विज्ञापन, भिडियो गेम अथवा अन्य कुन उद्देश्यका लागि एनिमेशन बनाउन लागिएको हो त्यसै अनुसार हातले अथवा कम्प्युटरबाटै चित्र बनाएर कम्प्युटर प्रणाली (डिजिटलाइज प्रोसेस) मा लार्नुपर्छ । फोटोशप प्रोग्राममा त्यस्तो चित्रलाई उतारेर (डिजिटल स्टोरी बोर्ड पनि भनिन्छ) स्टोरी बोर्डमै चित्रमा गर्नुपर्ने परिवर्तन, पात्रहरु तथा पृष्ठभूमिमा गर्नुपर्ने अन्तिम परिवर्तन गर्न सकिन्छ ।

स्टोरी बोर्डमा तयार गरिएको अन्तिम रूपलाई यसपछि एनिमेशनसँग सम्बन्धित सÇटवयर (माया, थ्रीडी म्याक्स, एडोब प्रिमियर लगायत) बाट खोलिन्छ । स्टोरी बोर्डमा तयार गरिएको डिजाइनलाई थ्री डाइमेन्सन अर्थात् थ्रीडीमा बदल्ने गरिन्छ । त्यसपछि मोडलिङ प्रोसेसमार्फत रेण्डरिङ लगायतका प्रक्रिया पूरा गरी एउटा पूर्ण एनिमेशन तयार हुन्छ र अडियो राख्ने काम हुन्छ ।

कमेन्टहरु
Loading...