पोखरामा दुर्घटना हुदाँ युवती घाइते

पोखरा, १२ असोज / पोखरा महानगरपालिका २६ कालिका चोक स्थित तालचोकमा दुर्घटना हुदाँ युवती घाइते भएकी छन् ।

पोखरा तर्फ आउदै गरेको ग २ च ३६९४ नम्बरको पिकअप भ्यानलाई ग १६ प ५२९ नम्बरको मोटरसाईकलले ओभरट्याक गर्दा पिकअप भ्यानसंग ठोकिन जादाँ मोटरसाईकल पछाडी सवार युवती घाइते भएकी हुन् ।

तनहुँको दुलेगौडा बस्ने २२ की लक्ष्मी बिक घाईते भएका प्रहरीले जानकारी दिएको छ । उनको पोखराको पश्चिाम क्षेत्रीय अस्पतालमा उपचार भएको छ । प्रहरीले दुवै सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...