पोखरामा छुट्टाछुट्टै ठाउँमा दुर्घटना हुदाँ तीनजना घाईते

पोखरा, ५ मंसिर / पोखराका विभिन्न ठाउँमा भएको दुर्घटनामा परि तीनजना घाईते भएका छन् ।

पोखरा १० शिवचोकमा ग १ ज १७२९ नम्बरको ट्याक्सीले लु ३९ प ३८५१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक नवलपुर बुम्दी २ बस्ने २० बर्षका खेमबहादुर विक र पछाडी सवार ४५ बर्षकी खुमकुमारी विक घाईते भएका हुन् ।

उनीहरुको अन्नपूर्ण अस्पतालमा उपचार भैरहेको छ ।

यस्सै गरी पोखरा २ बागलुङ बसपार्कमा ग १० प ९६६७ नम्बरको मोटरसाईकलले पैदल यात्रुलाई ठक्कर दिएको छ ।

ठक्करबाट पोखरा ११ फुलबारी बस्ने ६७ बर्षका राम बास्तोला घाईते भएको ४ नम्बर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । उनको फिस्टेल अस्पतालमा उपचार भैरहेको छ ।

कमेन्टहरु
Loading...