पोखराको रातो पहिरोमा बस दुर्घटना, चालक रातभर खोचमा (फोटो फिचर सहित)

पोखरा, १३ जेठ /महतगौडाबाट पोखरा तर्फआउदै गरेको लेखनाथक माइक्रोको बस दुर्घटना हुदा ५ जना घाईते भएका छन् । ग१ख ५४७१ नम्बर बस बुधबार राती १० बजे भएको दुर्घटनामा परि ५ जना घाइते भएका हुन् ।

तिव्र गतिमा आएको बस पोखरा १७ रातो पहिरोको खेत खसेर सन्तुलन गुमाए पछि दुर्घटना भएको प्रहरीले जानकारी दिए । दुर्घटनामा परि चालक गम्भीर घाइते भएका छन् । उनी बसबाट हाम्फाल्दा खोल्सामा खसे पछि रात भर खोल्सामा नै परेको प्रहरीले जानकारी दिएको छ । राती चालकलाई खोज्दा नभेटिए पछि विहान खोजी भएको थियो ।

करिब ५ सय मिटर तलको खोल्सामा खसेका चालकलाई प्रहरीले विहान मात्रै खोल्साबाट उद्धार गरेको थियो । उनको एउटा खुट्टा र हात भाचिएको प्रहरीले जानकारी दिएको छ । उनका अहिले पोखरा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भईरहेको छ । अन्य चार जना घाइतेको सामान्य उपचार पछि घर फर्किएका छन् ।

पोखराको रातो पहिरोमा बस दुर्घटना, चालक रातभर खोचमा तस्विर ः हरि बास्तोला

कमेन्टहरु
Loading...