पोखराको फिर्के पुलमा मोटरसाइकल दुर्घटना, एक जना गम्भीर, पानीको पाईप फुट्यो

पोखरा, १९ कात्तिक /आइतबार साझँ पोखरा लेखनाथ महानगरपालिका ५ फिर्केको पुलमा मोटरसाइकल दुर्घटना हुदाँ एक जना घाइते भएका छन् ।

ग ५ प ४८२० नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई फिर्केको पुलमा दुर्घटना भएको हुन पुगेको प्रहरीले जानकारी दिएको छ । दुघटनामा परि पोखरा लेखनाथ महानगरपालिका २४ कास्की कोटका ३२ बर्षिय कृष्ण प्रसाद सुबेदी घाईते भएका छन् ।

उनको पोखराका फिस्टेल अस्पतलामा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरुीको भनाई छ ।
मोटरसाइकलको ठक्करले पानीको पाइप समेत फुटेको छ ।

कमेन्टहरु
Loading...