नर्सरी देखी डिग्री सम्म पोखराको शिक्षा देश कै उत्कृष्ट, देशकै उत्कृष्ट ४ शैक्षिक संस्था सम्मानित

पोखरा, २ असोज/ पोखराका चार शैक्षिक सस्था देश कै उत्कृष्ट भए पछि जिल्ला समन्वय समिति कास्कीले

मंगलबार सम्मान गरेको छ । भदौ २३ गते संघिय सरकारले शैक्षिक सत्र २०७४ मा देशमै उत्कृष्ट भएका तीन

विद्यालय र एक क्याम्पसलाई सम्मान गरेको थियो ।

सम्मानित हुने शैक्षिक संस्थाहरुमा सामुदायिक विद्यालय तर्फ देशमै उत्कृष्ट नतिजा ल्याउन सफल

सितलादेवि सामुदायिक विद्यालय, संस्थागत तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल मदरल्याण्ड मावि, दशजोड

दुई तर्फ सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल अम्मरसिंह मावि र देशभरका आंगिक क्याम्पस

मध्येबाट उत्कृष्ट नतिजा ल्याउन सफल पृथ्वीनारायण क्याम्पस रहेका थिए । मंगलबार पोखरामा गण्डकी

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उत्कृष्ट शैक्षिक संस्थालाई प्रमाणपत्र र ट्रफि प्रदान गरेर सम्मान गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले उत्कृष्ट शैक्षिक संस्थाहरुले प्रदेशको गौरब बढाएको बताए । उनले शिक्षा,

स्वास्थ्य, खेलकुद र विकास सबै हिसाबले गण्डकी प्रदेश उत्कृष्ट हुनुपर्नेमा जोड दिए । त्यसका लागि प्रदेश

सरकारले सक्दो सहयोग गर्ने उनको भनाई छ ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, पत्रकार

महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगाएतले शुभकामना दिए । कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्रमुख

प्राडा चन्द्रबहादुर थापाले पृथ्वीनरायाण क्याम्पसलाई विश्व विद्यालय बनाउ सबैलाई सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्री, जिल्ला समन्वय अधिकारी डिल्लीराम

सिग्देल लगाएतले कार्यक्रमको बारेमा जानकारी दिएका छन् ।

पोखराका तीन विद्यालय र एक कलेज देशमा नै उत्कृष्ठ, पोखरामा सम्मान

पोखराका तीन विद्यालय र एक कलेज देशमा नै उत्कृष्ठ, पोखरामा सम्मान

Posted by Ganthan.com on Tuesday, September 18, 2018

कमेन्टहरु
Loading...