पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

पोखरा, ८ पुष /पोखरा महानगरपालिका २५ हेम्जाको मिलनचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक पोखरा–२५ हेम्जाका १८ बर्षिय आशिष कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेम्जाबाट पोखरातर्फ आउँदै गरेको ग १४ प ८१५१ नम्बरको मोटरसाइकल सडकको छेउमा रोकी राखेको ना १ ख ७१६४ नम्बरको स्काभेटरमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

स्काभेटरसँग मोटरसाईकल ठक्कर खाँदा गम्भिर घाइते भएका कुँवरलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रदेश ४ प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।

मोटरसाइकलमा सवार १९ बर्षिय प्रविण पुनको फिस्टेल अस्पताल पोखरामा उपचार भइरहेको उनले जानकारी दिए । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...