पोखराका ११ वटा वडा कार्यालय चोरी गर्नेलाई पक्राउ गरेर सार्वजनीक

सागर राज तिमिल्सिना
पोखरा, २९ साउन / कास्की प्रहरी पोखराका वडा कार्यालयहरुमा चोरी गर्दै हिड्ने एक जनालाई पक्राउ गरेर सार्वजनीक गरेको छ ।

प्रहरीले काठमाडाण्डौं ११ घर भई हाल पोखरा १० मा बस्दै आएका किशोर थापालाई पक्राउ गरेको हो । प्रहरीले ९ वटा कम्प्युटर, ४ ल्यापटप अन्य चोरीमा संलग्न सामान सहित पक्राउ गरेको छ ।

पोखरामा चोरी गरे थापाले काठमाडौं १४ कलंकीमा कम्प्युटर सोलुसन सञ्चालन गर्ने मकवानपुर थाहा नगरपालिकाका रुपचन्द्र गोपालीलाई विक्रि गर्दै आएको कास्कीका प्रहरी प्रमुख एसपि दानबहादुर कार्कीले जानकारी दिए । चोरीका सामग्री किन्ने गोपाली र कम्प्युटर सहित पक्राउ गरेर बुधबार नै प्रहरीले सार्वजनीक गरेको छ ।

उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा कास्की जिल्ला अदालतबाट मुद्दा दर्ता गरी थप अनुसन्धन गरी रहेको एसपि कार्कीले बताए । पछिल्लो समय पोखराका महानगर पालिका ६ को वडा कार्यालयमा चोरी भएको थियो ।

पोखरा महानगरपालिकाका ३३ वटा वडा कार्यालय मध्ये ११ वटा वडामा चोरी भएको थियो । पोखरा ५, १२, १३ १४, १५, १६, १९, २५, २९ र ३१ कार्यलयको ताला फोडेर चोरी भएको थियो । वडा कायालयबाट कम्प्युटरहरु चोरी हुने गरेको थियो ।

  • बरामदी सामान :-

(I) कालो रंगको झोलामा लुकाई छिपाई राखेको अवस्थामाआफ्नै कोठामा

१)TOSHIBA ल्यापटप  थान १,

२)ल्यापटपको चार्जर थान १,

३) सोनी क्यामरा थान १,

४) फलामको रड थान २,

५) स्क्रुड्राईभर थान १,

६) कालो पंजा २ जोर,

७)  कालो माक्स थान १,

८) सेतो रंगको ट्रयाक थान २,

९) निलो जकेट थान २,

१०) निलो टिसर्ट थान १,

११) Proustian लेखेको टोपी थान १,

१२) टोपी थान १,

१३) लागू औषध  ब्राउनसुगर २.३६ ग्राम

 

 अनुसन्धान पछी खुलेका तथ्यहरु

  • डाका चोरी मुद्धामा काठमाण्डौ केन्द्रिय कारागरामा ५ वर्ष सजाय ( २०४६-२०५१ सम्म )
  • चोरी मुद्दामा केन्द्रिय कारागार मै ३ वर्ष सजाय (२०७१-२०७४ सम्म )
  • वडा कार्यालय चोर्न सजिलो हुने कार्यालयको सुरक्षा गार्डहरु कोही नहुने ।
  • चोरी गरेर नजिकैको बन्दै गरेको (निमार्णाधिन ) घरमा लुकि छिपि बस्ने ।
  • बिहानै काठमाण्डौको बस चढी जेब्रा झोलामा सामान राखी लैजाने ।
  • गाउँमा चोरी गर्न गाह्रो हुने तथा सवारी साधनको पहुँच सजिलै नहुने ।
  • बरामदी सामान पुन पक्राउ :-

जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. १२ घर भईहाल जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१४ कलंकी स्थितमा वर्ष ३६ का रुपचन्द्र गोपालीले संचालन गरेको COMPUTER SOLUTION मा चोरीका सामानहरुलगि विक्रि बितरण गरेको भनि अनुसन्धान पछि खुल्न आएको हुदाँ उक्त स्थानमा प्रहरी टोली खटिई गई निम्न चोरीका सामानहरु सहित पसल संचालकलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको  ।निम्म :

१) Acer Intel Core I3 7th Gen लेखिएको CPU थान १,

२) Dell Intel Core I5 7th Gen लेखिएको CPU थान २,

३) HP Intel Core I5 7th Gen लेखिएको CPU थान २,

४) Dell Inspiron 3268 लेखिएको CPU थान १,

५) Dell Intel Core I3 लेखिएको CPU थान १,

६) Lenovo CPU थान २,

७) Dell LCD Monitor थान ५,

८) HP LCD Monitor थान ४,

९) Lenovo LCD Monitor थान ३,

१०)Acer LCD Monitor थान १,

११)Aoc LCD Monitor थान १,

१२)Benq LCD Monitor थान ३,

१३)Latitude D600 पुरानो बेचालु ल्यापटब थान १,

१४)किप्याड/डिस्प्ले स्क्रिन नभएको कालो रंगको ल्यापटब थान १,

१५) MSI CR 420 लेखिएको किप्याड फुटेको बेचालु अवस्थाको ल्पापट थान २

जम्मा Monitor थान १७, CPU थान ९ र ल्यापटब थान ३

  • पोखरा महानगरपालिकाको वडा कार्यालय चोरी भएको विवरण
सिनं. मिति बडा नं रहेको स्थान चोरी भएको सामाग्री
२०७५।०२।०२ १२ माटेपानी Monitor थान १, नगद रु ७००।-
२०७५।०४।२७ १५ कोलपाटन चोक Monitor थान १,  दान पेटीकाको नगद रु १०,०००।-
२०७५।०८।२९ १४ खाल्टेमसिना CPU थान २, Monitor थान २
२०७५।०९।१५ २९ आदर्शचोक CPU थान ४, Monitor थान ४
२०७५।१०।०९ मालेपाटन Laptop  थान २, Monitor थान ३ र CPU थान २
२०७५।११।२३ १३ भद्रकालि Monitor थान ४,  CPU थान २,Printer थान २ , CC Camera थान २, Multipluck थान २ ।
२०७५।१२।०९ १६ वाटुलेचौर CPU थान ३,  Monitor थान २, Laptop थान १,
२०७६।०१।१८ १९ लामाचौर Laptop  थान १
२०७६।०२।२२ ३१ बेगनासताल CPU थान २, Monitor थान २ र Laptop थान १
१० २०७६।०३।१३ २५ हेम्जा CPU थान- २ Monitor थान -३
११ २०७६।०४।२१ लेकसाईड CPU थान-२, Monitor थान-२ रCC Camera थान १
कमेन्टहरु
Loading...