नेविसंघ पृथ्वीनारायण क्याम्पसमा दिपक शर्मा वाग्ले

पोखरा, २७ माघ /नेपाल विद्यार्थी संघ पृथ्वी नारायण क्याम्पस मूल इकाई समितिको सभापतिमा दिपक शर्मा वाग्ले चयन भएका छन् । लामो समय रिक्त रहेको इकाई समितिको सभापतिमा वाग्ले चयन भएका हुन् ।

नेविसंघको ११ औं महाधिवेशनबाट निर्वाचित कास्कीका ४ वटै केन्द्रीय सदस्य, देवकृष्ण पराजुली, भानु ढकाल, गोपाल गुरुङ्ग र पुनम भट्टले केन्द्रीय सभापति नैनसिंह महरको निर्देशन अनुसार दिपक शर्मा वाग्लेलाई नेविसंघ पृथ्वीनारायण क्याम्पस मूल इकाई समितिको सभापतिमा चयन गरेका हुन् ।

स्ववियू निर्वाचनको अन्तिम समयतिर ने.वि.संघले पृथ्वीनारायण क्याम्पसमा विवाद समाधान गर्दै नेतृत्व चयन गर्न सफल भएको छ । यसपटक स्ववियू निर्वाचनमा इतिहास उल्टाउँदै भारीमतका साथ नेविसंघ विजय हुने र नेविसंघको कलम र मसाल अंकित झण्डा विजयका साथ फहराउने नवनियुक्त सभापति वाग्लेले दावी गरे ।

स्ववियू निर्वाचनको सन्दर्भमा कास्की जिल्ला प्रचार प्रसार समितिको संयोजकमा तारानाथ अधिकारी र कास्की जिल्ला नेविसंघ फोर्सको संयोजकमा विकास थापा चयन भएका छन् भनि नेविसंघ कास्कीका निवर्तमान सचिव विक्रम गिरीले जानकारी दिए ।

कमेन्टहरु
Loading...